0
पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेड आइतबार देखी आठौं वर्षमा प्रवेश गरेको छ ।
 संचालनको यस अवधिमा बैंकले  पोखराको सभागृहचोक, महेन्द्रपुल, र बाटुलेचौर, स्याङजा जिल्लाको वालिङ, गल्याङ र पुतलीबजार, पाल्पा जिल्लाकोे तानसेन र रामपुर रुपन्देही जिल्लाकोे बुटवल र भैरहवा, कपिलस्तु जिल्लाको जितपुर, र पर्वत जिल्लाको कुश्मा, फलेवास र हुवास समेत गरी १४ वटा शाखा कार्यालयहरुमार्फत सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको बैकका  प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । निकट भबिस्यमा बैकले स्याङजाको बयरघारी, नवलपरासीको कावासोती, बाग्लुङको बाग्लुङ र तनहुँको दमौलीमा समेत ४ वटा शाखा कार्यालय खोल्ने  तयारी पुरा भइसकेको बताइएको छ ।
 यि शाखा कार्यालयहरु संचालनमा आएपछि बैंकको कार्यक्षेत्र भित्र ९ जिल्लामा १८ वटा शाखा कार्यालयहरु हुने  प्रमुख कार्यकारी अधिकृत  ढकालले बताए । आ.व.२०७१÷७२ को हाल सम्मको अवधिमा बैंकले करिव रु ४ अर्व ३० करोड निक्षेप संकलन गर्नुका साथै  रु ३ अर्व ९० करोड कर्जा लगानीमा रहेको छ भने चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले ४ करोड ८२ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको बताइएको छ । यो मुनाफा गत वर्षको सोही अवधिको  तुलनामा करिव १३३ प्रतिशतले बढि रहेको बैकले जनाएको छ । बालवालिकाहरुलाई लक्षित सुनौलो भविष्य वाल निक्षेप योजना प्रस्तुत गरेको बैंकले कर्जा लगानी तर्फ युवा उद्यमीहरुलाई लक्षित गरी सस्तो ब्याजदर तथा सरल ढंगले गरिमा युवा उद्यमशील कर्जा बजारमा  ल्याएको  बैकका नायब महाप्रबन्धक माधब प्रसाद उपाध्यायले बताए ।

Post a Comment

 
Top