0
कुमुदिनी होम्स उच्च मावि गैरापाटनका विद्यार्थीहरुले ३४ औं विश्व खाद्य दिवसको अवसरमा जिल्ला कृषि कार्यालयले  आयोजना गरेको विद्यालयस्तरिय निवन्ध प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी धिरज अधिकारी प्रथम हुन सफल भएका छन् । सैनिक आवाशिय विद्यालयले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय अंग्रजी हिज्जे प्रतियोगितामा प्रतिष्ठा बुद्धाचार्य, धिरज अधिकारी र सजीता गुरुङको समुहले १६ विद्यालयलाई पछि पार्दै द्वित्तिय स्थान प्राप्त गर्न सफल भएका छन् । पोखरा क्रिकेट क्लव कास्कीले आयोजना गरेको क्षेत्र नं. ८ अन्तरगत १६ वर्ष मुनिको विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा विद्यालयको समुहले प्रथम स्थान हासिल ग¥यो । नेपाल क्रिकेट एसोशियसनको आयोजनामा भैरहवामा संचालीत अनतर विद्यालय स्तरीय क्षेत्रीय टी(२० क्रिकेट प्रतियोगितामा विद्यालयलको कक्षा ९ मा अध्ययनरत छात्र उत्सव पराजुलीले उत्कृष्ट उदयीमान खेलाडीको उपाधीजित्न सपल भएका छन् । मंसिर ६ देयिख ८ गते सम्म कास्की जिल्ला बुद्धिचाल संघलेआयोजना गरेको अन्तर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा विद्यालयका १५ जना विद्यार्थी सहभागि भएकोमा विद्यालयका छाब समुहमा तृतीय स्थान हाँसिल गरेका छन्भने छात्रा समुहममा कक्षा सातमा अध्ययनरत छात्र यमुना आचार्यले तृतीय स्थानहाँसिल गरेकी छन् । हालै काठमाडौंमा सम्पन्न अन्तर विद्यालय स्तरिय बुद्धिचालप्रतियोगितामा विद्यालयका छात्र अटल कोइरालले आफ्नो उमेर समुहमा द्वित्रियस्थान हाँसिल गरेकोमा कास्कीइ जिल्ला बुद्धिचाल संघले सम्मानीत गरेको विद्यालयले जनाएको छ ।

Post a Comment

 
Top