नोबेल इन्टरनेशनल स्कुल, रानीपौवा, पोखराको वार्षिक खेलकूद दिवस मंसीर ३ गते शुरु भई गएको शुक्रबार सम्पन्न भएको छ । अन्तरसदनात्मक पुरुष÷महिला भलिबल प्रतियोगिता, अन्तरसदनात्मक पुरुष फुटबल प्रतियोगिता, सानासाना नानीबाबुहरुको लागि मिठाई दौड प्रतियोगिता, बेलुन फुटाउने प्रतियोगिता, म्यूजिकल चेयर प्रतियोगिताका साथसाथै खेलकूदका अन्य प्रतियोगिताहरुमा कक्षा नर्सरी देखि कक्षा १० सम्मका ५०० भन्दा बढि विद्यार्थीहरु भाग लिएका थिए । पढाई लेखाईका अलावा खेललाई पनि प्राथमिकता दिने विद्यालयको निति अनुरुप वार्षिक खेलकूद दिवसको आयोजना गरिएको विद्यालयका प्राचार्य देव मल्लले बताए । कूल विद्यार्थीहरुलाई चार सदनमा विभाजन गरी प्रत्येक सदनको प्रतिनिधिको रुपमा भाग लिएका विद्यार्थीहरुको खेल निकै रोचक थियो । विद्यालयका शिक्षक निश्चल ढकालले सञ्चालन गरेकोे कार्यक्रममा विद्यालयका खेलकूद शिक्षकहरु कृष्ण चन्द र नारायण भण्डारी, अतिरिक्त क्रियाकलाप संयोजक लिल पुन लगायत अन्य शिक्षकहरुले निर्णायकको निभाएका थिए ।
Home
»
Flash
»
खेलकुद
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
शिक्षा
»
संघ संस्था गतिबिधी
» नोबेल स्कुलमा बार्षिक खेलकुद
Subscribe to:
Post Comments (Atom)
Post a Comment