0
पांचौ पोखरा महोत्सव सम्पन्न गर्नका लागि विभिन्न समिती तथा उपसमितिहरु गठन गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माण गर्ने उद्देश्यसाथ स्थापना भएको युनाइटेड क्लव पोखराद्धारा आयोजना गर्न लागेको पांचौ पोखरा महोत्सव सफल पार्नका लागि क्लवका अध्यक्ष हिमालय बख्रेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरि विभिन्न उप समितिहरु निर्माण गरिएको हो ।
मंगलवार सम्पन्न बैठकले मेला सम्पन्न गर्नका लागि सचिवालय संयोजकमा सुकबहादुर गुरुङ, प्रचार प्रसार संयोजकमा लालकाजी गुरुङ, अर्थ तथा स्टलमा राजु श्रेष्ठ, मूलद्वार ब्यवस्थापनमा लोक वहादुर थापा, सुरक्षा ब्यवस्थापनमा कृष्ण बहादुर थापा मगर, अतिथि सत्कारमा सावित्री थापा, बाल उद्यानमा गणेश तिमिल्सिना, खाना, खाजा ब्यवस्थापनमा भिमबहादुर गुरुङ, अतिथि ब्यवस्थापनमा निर्मला लामिछाने, हस्तकला संयोजकमा शान्तवहादुर थापा, संघ सस्था तथा ¥यालीमा सम्मर बहादुर श्रेष्ठ, प्रयोजक ब्यवस्थापनमा सञ्जिव वहादुर कोइराला, मूल्यांकन समितिमा बुद्धिमान गुरुङ धम्पु, प्रकाशन तथा मुद्रणमा सन्तोष कार्कीलाई चयन गरिएको छ ।
त्यसैगरी ब्यानर ब्यवस्थापनमा सूर्यबहादुर बाँनिया, पार्किङ ब्यवस्थापनमा दिनेश सुनार, पर्यटन ब्यवस्थापनमा भुवन ढकाल, अनुगमनमा लिलाधर अधिकारी, स्वयंसेवक परिचालनमा विशाल गुरुङ, महिला समुह परिचालनमा सविता श्रेष्ठ, टिकट ब्यवस्थापनमा अनिल गुरुङ, खानेपानी ब्यवस्थापनमा बिजयमान गुरुङ, विद्यत ब्यवस्थापनमा ओमराज गौतम, कलाकार ब्यवस्थापनमा आनन्द थापा, सरसफाइमा दिपकमान गुरुङ, स्मारक निर्माण ब्यवस्थापनमा हरि श्रेष्ठ, विद्युतिय सुरक्षामा विकास भुर्तेल, प्राथमिक उपचार ब्यवस्थापनमा जयराम आचार्य, विद्यालय समन्वयमा शान्त थापा, बिमा ब्यवस्थापनमा राम थापा मगर र कार्यालयमा नविन श्रेष्ठलाई चयन गरेको छ । पांचौ पोखरा महोत्सव आगामी पुसको ३० देखि माघ ८ सम्म अमरसिंह चौरमा आयोजना हुँदैछ ।

Post a Comment

 
Top