0
उपचारको लागि अस्पताल भर्ना भएकी एक बिरामीलाई उपचार खर्चको अभावमा अस्पतालले घर पठाएपछि पोखराको पस्र्याङस्थित धरापानी आमा समूहले बिरामी महिलालाई उपचार खर्च प्रदान गरेको छ । धादिङ जिल्ला नलाङ गाविस घर भई हाल पोखराको पस्र्याङमा डेरा गर्दै आएकी ४० वर्षीया जगत कुमारी परियारलाई धारापानी आमा समूहकी अध्यक्ष उर्मिला पौडेल बरालले १६ हजार ८२५ नगद प्रदान गरे । पाठेघर र मधुमेह रोगबाट ग्रसित परियारको पोखराको नयाँबजारस्थित चरक अस्पताल मा उपचार भएकोमा रकम अभाव भएपछि अस्पतालले फिर्ता पठाएको थियो । आमा समूहले विभिन्न व्यक्तिबाट संकलित रकम बिरामी परियारलाई उपलब्ध गराएपछि उनको उपचार पुनः सुरु भएको छ । आर्थिक अवस्था निकै कमजोर, दलित महिलालाई सहयोग गर्नु मानवीय कर्तव्य भएको अध्यक्ष उर्मिला पौडेलले बताइन ।

Post a Comment

 
Top