पोखरा उपमहानगरपालिका वडा नं. १५ टुटुङ्ग स्थित भ्यू पोईन्ट माविका कक्षा ८,९ र १० मा अध्ययरत विद्यार्थीहरुलाई लागूऔषध सम्बन्धी सचेतनामूलक स्कूल सम्पर्क कार्यक्रम सम्पन्न भभएको छ । सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखराको आयोजनामा र लागूऔषध व्यूरो कास्कीको प्रविधिक सहयोगमा आयोजित कार्यक्रम सेवा केन्द्रका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा भएको थियो । विद्यालयका प्रधानाध्यापक मनबहादुर गिरि प्रमुख अतिथि रहेको कार्यक्रममा सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका द्वितीय उपाध्यक्ष सोमनाथ बाँस्तोला र वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत सहभागी थिए । कार्यक्रममा स्वागत मन्तव्य संयोजक कार्य समिति सदस्य निल बहादुर केसीले राखेका थिए । कार्यक्रममा लागूऔषध व्यूरो कास्कीका प्रहरी नायव निरीक्षक विद्याधर त्रिपाठीले लागूऔषध भनेको के हो ? लागु औषधको प्रयोगबाट हुने असर, कानूनी प्रक्रिया र त्यसबाट बच्ने उपायहरु बारे श्रव्य दृश्यमार्पmत जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै केशव बस्नेतले हालको समयमा बालबालिकामा लागूपदार्थको सेवन बढ्दो पाईएको र लागूपदार्थको खेती गर्ने, ओसार–पसार तथा विक्रीवितरण गर्ने सवैलाई कानूनी प्रावधान अनुसार सजायको भागिदार हुने बताए । उनले समाजमा भुसको आगो सल्केझै लागूऔषधको विकृति फैलिएको अवस्थामा सामुदयिक सेवा केन्द्रले समाजमा विकृति विसंगति न्युनिकरण गर्नुका साथै स्कुलमा अध्ययनरत विद्यार्थीहरु समेतलाई यस्ता सचेतनामूलक कार्य गर्दै आएकोमा प्रशंसा गरे । त्यस अवसरमा सोमनाथ बाँस्तोला, मनबहादुर गिरी, अध्यक्ष चिरञ्जीवि श्रेष्ठ लगायतले विद्यार्थीहरुले प्रशिक्षणमा सिकेका कुराहरु अक्षरस पालना गरि समाजमा त्यस्ता गतिविधि हुन नदिन आग्रह गरेका थिए । कार्यक्रमका विद्यार्थी, शिक्षक, अभिभावक गरी ९० जनाको उपस्थित रहेको प्रशिक्षण कार्यक्रमको संचालन संस्थाका सचिव जयराम अधिकारीले गरेका थिए ।विद्यार्थीलाई लागूऔषध सम्बन्धी प्रशिक्षण
पोखरा उपमहानगरपालिका वडा नं. १५ टुटुङ्ग स्थित भ्यू पोईन्ट माविका कक्षा ८,९ र १० मा अध्ययरत विद्यार्थीहरुलाई लागूऔषध सम्बन्धी सचेतनामूलक स्कूल सम्पर्क कार्यक्रम सम्पन्न भभएको छ । सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोक पोखराको आयोजनामा र लागूऔषध व्यूरो कास्कीको प्रविधिक सहयोगमा आयोजित कार्यक्रम सेवा केन्द्रका अध्यक्ष चिरञ्जीवि श्रेष्ठको अध्यक्षतामा भएको थियो । विद्यालयका प्रधानाध्यापक मनबहादुर गिरि प्रमुख अतिथि रहेको कार्यक्रममा सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका द्वितीय उपाध्यक्ष सोमनाथ बाँस्तोला र वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक केशवबहादुर बस्नेत सहभागी थिए । कार्यक्रममा स्वागत मन्तव्य संयोजक कार्य समिति सदस्य निल बहादुर केसीले राखेका थिए । कार्यक्रममा लागूऔषध व्यूरो कास्कीका प्रहरी नायव निरीक्षक विद्याधर त्रिपाठीले लागूऔषध भनेको के हो ? लागु औषधको प्रयोगबाट हुने असर, कानूनी प्रक्रिया र त्यसबाट बच्ने उपायहरु बारे श्रव्य दृश्यमार्पmत जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै केशव बस्नेतले हालको समयमा बालबालिकामा लागूपदार्थको सेवन बढ्दो पाईएको र लागूपदार्थको खेती गर्ने, ओसार–पसार तथा विक्रीवितरण गर्ने सवैलाई कानूनी प्रावधान अनुसार सजायको भागिदार हुने बताए । उनले समाजमा भुसको आगो सल्केझै लागूऔषधको विकृति फैलिएको अवस्थामा सामुदयिक सेवा केन्द्रले समाजमा विकृति विसंगति न्युनिकरण गर्नुका साथै स्कुलमा अध्ययनरत विद्यार्थीहरु समेतलाई यस्ता सचेतनामूलक कार्य गर्दै आएकोमा प्रशंसा गरे । त्यस अवसरमा सोमनाथ बाँस्तोला, मनबहादुर गिरी, अध्यक्ष चिरञ्जीवि श्रेष्ठ लगायतले विद्यार्थीहरुले प्रशिक्षणमा सिकेका कुराहरु अक्षरस पालना गरि समाजमा त्यस्ता गतिविधि हुन नदिन आग्रह गरेका थिए । कार्यक्रमका विद्यार्थी, शिक्षक, अभिभावक गरी ९० जनाको उपस्थित रहेको प्रशिक्षण कार्यक्रमको संचालन संस्थाका सचिव जयराम अधिकारीले गरेका थिए ।
Post a Comment