0
ुवा संघ नेपालका केन्द्रीय सचिव रमेश पौडेलले माघ ८ गतेभित्रै संविधान जारी गर्न युवा संघले दबाबमूलक कार्यक्रम गर्ने जानकारी दिएका छन् । युवा संघ कास्कीले विहीबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सचिव पौडेलले निधारित मितिमै संविधान जारी गर्न हस्ताक्षर, ज्ञापनपत्र बुझाउने, घेराउ  लगायतका कार्यक्रम गर्ने तयारी युवा संघले गरेको जानकारी दिए  । उनले कुनै पनि हालतमा माघ ८ भित्रै संविधान जारी गर्न दबाब दिने उद्देश्यले युवा संघले देश भरका युवाहरलाई काठमाडौंमा उत्तारेर संविधान सभा घेराउन गर्ने समेत बताए । ‘समयमै नेपाली जनतालाई संविधान चाहिएको छ । त्यसका लागी युवा संघले दबाब सृजना गर्न संविधान सभा घेराउन गर्ने छ ।’ उनले सहमति भए सहमतीमा र नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्नेमा जोड दिए । ‘सहमतिमा भए सहमती नभए प्रक्रियामा गएर भएपनि संविधान चाहिन्छ ।’
उनले संविधान निर्माण गर्दा सवैलाई मान्य हुने साझा पहिचानका आधारमा संघियता निर्माण गर्नुपर्ने बताए । उनले हरेक राजनीतिक आन्दोलनमा युवाहरुको  भूमिका महत्वपूर्ण रहेको बताउदै अव देशमा राजनीतिक आन्दोलन सकिएकाले आर्थिक समृद्धिको यात्रामा अगाडि बढनुपर्नेमा जोड दिए । युवा संघले आफनो विधानमा युवा संघका सदस्यहरु रचनात्मक काममा लाग्नुपर्ने र राज्यलाई कर तिनुपर्ने उल्लेख गर्ने प्रहिलो संगठन भएको बताए । उनले युवा संघलाई लागेका आरोपलाई गलत सावित गर्न युवा संघका सदस्यहरु उत्पादमुलक कार्यमा लाग्नुपर्नेमा जोड दिए । उनले युवा संघले रचनात्मक, संगठनात्मक सुदुढिकरण, महिला हिसां, प्राकृतिक  विपत्तिका विरुद्ध अभियान संचालन गरिरहेको बताए । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले युवासंघ युवा मैत्री बन्नुपर्नेमा जो दिए । युवा संघमा युवाहरुको आकर्षण बढाउन रचनात्मक कामहरु गर्नुपर्नेमा जोड दिए । उनले पार्टीका निर्णयलाई युवा संघले निसर्त पालन गर्नुपर्ने बताउदै गुटउपगुटलाई समाप्त पानुपर्नेमा जोड दिए । ‘कुनै नेताको पछाडि लाग्ने र गुट उपगुट बनाउने संस्कार अब समाप्त गर्नुपर्छ ।
युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदी, सहसचिव पानबहादुर जिसी लगायतले बोलेका थिए ।

Post a Comment

 
Top