0
निर्माणधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल घर जग्गा पीडित संघर्ष समितिले राज्यले अधिकरण गर्ने जग्गाको प्रतिहात मूल्य साढे ४ लाख रुपैयाँ दिनुपर्ने माग गरेको छ । मंगलबार बसेको समितिको बैठकले जग्गाको न्यूनतम मूल्य ४ लाख ५० हजार दिनुपर्ने माग निर्णय गरेको हो । सो क्षेत्रका करिव ५ सय घडेरी र ६ वटा घर अधिग्रहणमा पर्ने छन् । त्यसको मूल्य बजार भाऊ अनुसार चलनचल्तीको दिनुपर्ने समितिले माग गरेको हो । समितिका अध्यक्ष डिलबहादुर कार्कीले विमानस्थल निर्माण तुरुन्त थाल्नु पर्ने तथा घरघडेरीको मूल्य उचित दिनुपर्ने बताए । उनले विमानस्थल अधिकरण रेखाङ्कन परिधिपछि बाटो वन्द भएका घडेरी जग्गा पुरै लिने या बाटोसहित छाड्ने सम्बन्धित निकायलाई अनुरोध गर्ने बताए । बैठकले घडेरी जग्गाको क्षेत्रफल नमिलेका घडेरी जग्गाहरुको ट्रायल जाँच गर्न सम्बन्धित निकायलाइ अनुरोध गर्ने, अधिग्रहणको क्षेत्रमा परेका घरहरुको यर्थात मुल्य काम गर्न समितिद्धारा प्राविधिक ल्याइ सबै घरको मूल्याङ्कन गर्न लगाउने र विमानस्थल उच्चस्तरीय समितिको संयोजक सभासद रवीन्द्र अधिकारीसंग डेलीगेसन जाने लगायतका निर्णय बैठकले गरेको अध्यक्ष कार्कीले बताए । समितिले प्रमुख जिल्ला अधिकारी, पोखरा नागरीक उडड्य प्राधिकरण, पर्यटन मन्त्रालयमा डेलिगेसन गइ आफ्ना मागबारेमा जानकारी गराएको छ ।

Post a Comment

 
Top