0
प्रजातन्त्रवादी कानून व्यवसायीहरुको संस्था डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) कास्कीको अधिवेशन आगामी मंसिर १२ गते हुने भएको छ । अब हुने तेस्रो अधिवेशनबाट नेतृत्व लिनका लागि डिएलए कास्कीका पूर्व सचिव जनक बोहरा र वर्तमान सचिव विष्णुप्रसाद शर्माले ईच्छा जाहेर गरेका छन् । बोहराले यसअघि पनि अध्यक्ष हुने चाहना गरेको भएपनि उनलाई अध्यक्ष बनाइएको थिएन । तत्कालिन अवस्थामा बोहरा र  रोहितराज बाँस्तोला बलियो दावेदार रहेका थिए । यसपटक पनि सहमतिको आधारमा नेतृत्व चयन गर्ने डिएलमा आवद्ध अग्रज कानून व्यवसायीहरुले प्रयास गरेकोले चुनावको सम्भावना भने कमै रहेको बताइन्छ । डिएलए कास्कीका ३३५ जना कानून व्यवसायी सदसइ रहेका छन् । अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारी शुरु गरिएको संस्थाका अध्यक्ष रोहितराज बाँस्तोलाले गोल्डेन न्यून दैनिकलाई बताए । अधिवेशनमा सहभागी हुन डिएलए कास्कीका सदस्य कानून व्यवसायीलाई सदस्यता नविकरण गर्नका लागि सूचना जारी गरिएको उनले बताए । २०४७ सालमा स्थापना भएको भनिए पनि केही वर्ष यतामात्रै डिएलएले आफ्ना गतिविधिलाई अघि बढाएको बताइन्छ ।
पछिल्लो पटक बाँस्तोला अध्यक्ष रहेको समितिले संस्थाको स्मारिका प्रकाशन गर्नुका साथै संस्थाको केन्द्रीय साधारणसभा र केन्द्रीय समितिको बैठक आतिथ्यता पनि पोखरामा गरेको थियो । यसका साथै समसामयिक विषयमा दुईवटा कानून र ऐन सम्बन्धी अन्तक्र्रिया कार्यक्रम समेत डिएलएले गरेको छ ।

Post a Comment

 
Top