0
पोखराको लामाचौरस्थित गण्डकी कलेज अफ ईन्जिनियरिंग एण्ड साईन्सको आयोजनामा पोखरामा यहि कार्तिक २८ र २९ गते पाँचौँ जिसिईएस आईटी महोत्सव हुने भएको छ । पोखरामा सूचना प्रविधिको विकाशमा थप योगदान पुर्याउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष सुजन ताम्रकारले जानकारी दिए । महोत्सवमा विद्यार्थीहरुले तयार गरेका विभिन्न सप्mटवेयर, मोवाईल एप्लिकेशनहरु, राष्ट्रव्यापी सफ्टवेयर प्रतियोगिता, प्रोजेक्ट डेमोन्सट्रेसन हार्डवयर एक्स्पो, टेक्निकलटक जस्ता विभिन्न कार्यक्रम हुनेछ । कार्यक्रमले विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा व्यवसायिक कम्पनी तथा प्रतिष्ठानहरुसंग सम्बन्ध तथा सहकार्य गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । कलेज तथा विद्यार्थी सहकार्य तथा व्यवस्थापनमा हुन लागेको सो महोत्सवलाई सूचना तथा प्रविधिको क्षेत्रमा क्रियाशिल शैक्षिक संस्था, विद्यार्थी व्यवसायिक प्रतिष्ठानको लागि निकै फलदायी बनाउने आयोजकको दावी छ ।
महोत्सवले सूचना प्रविधिको क्षेत्रमा क्रियाशिल शैक्षिक संस्थानमा अधययनरत विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्नुका साथै सम्बन्धित निकायललाई यस प्रकारको कार्यक्रम आयोजना गर्न उत्प्रेरित गर्ने कलेजका सह–प्राचार्य अशोकराज पराजुलीले बताए । महोत्सवले पर्यटकीय स्थल पोखरालाई सूचना तथा प्रविधिको केन्द्रको रुपमा विकसित गर्न एउटा कोसेढङ्गा सावित हुुने उनको विश्वास छ । गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एण्ड साइन्सेस
(जिसिईएस) सफट्वयर इन्जिनियरिङ्ग अध्यापन गराउने पोखराको पहिलो कलेज हो । कलेजले सैद्धान्तिक र व्यवहारिक शिक्षालाई आत्मसाथ गर्दै थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने तथा उनीहरुको सीप र क्षमतालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको यस महोत्सवको कार्यक्षेत्र अहिले बृहत् बन्दै गएको छ ।

Post a Comment

 
Top