0
लागुऔषध नियन्त्रण व्यूरो शाखा पोखराले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । लेखनाथ नगर क्षेत्रमा लागू औषध वेचविखन गर्दछन् भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नर्फिन १ सय ५० थान, डाईजापाम १ सय ४६, फेनेरागन १ सय ५० र नाईट्रोभ्याट ५० चक्की बरामत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा लेखनाथ नगरपालिका–१३ का ३१ वर्षीय महेन्द्र बानिया, पोखरा–१७ का ३० बर्षिय रविन शाही, लामाचौर गाविस–३ बस्ने २६ बर्षीय संजय हितान, लामाचौर बसने १७ बर्षीय आशिष गैह्रे र नवलपरासीका सुनवल–४ का २७ बर्षीय खेमराज तिमिल्सिना रहेका छन् । अनुसन्धानको क्रममा उनीहरुले पक्राउ परेका नवलपरासीका तिमिल्सिनाबाट लागूऔषध खरिद गरी पोखरा तथा लेखनाथ क्षेत्रमा विक्री वितरण गर्ने गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top