0
ट्राफिक जनचेतना सहित यही मंसिर १९ गते पोखरामा “पोखरा ट्रेडमल डि मर्चा लाईभ कन्र्सट आफ्नै आगनमा” हुने भएको छ । चहलपहल मेलवर्नको अगुवाईमा ट्राफिक जनचेतना जगाउने उद्देश्यले उक्त सांगितिक कार्यक्रम आयोजना गर्न लागिएको मंगलवार चच हुई फन पार्क एण्ड रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
सांगीतिक कार्यक्रम मार्फत युवा जमातलाई भेला गरी उनीहरुलाई ट्राफिक जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गर्ने तयारी गरेको कार्यक्रम संयोजक सन्देश श्रेष्ठले बताए । पोखराको मानवअधिकार चोक अगाडिको सडकमा शुक्रवार हुने उक्त सांगीतिक कार्यक्रम अपरान्ह ४ः३० बजेदेखि साँझ ७ः३० बजेसम्म संचालन हुने श्रेष्ठले बताए । उनका अनुसार ट्राफिक जनचेतनामूलक गीतबाट शुरु हुने कन्सर्ट सोही गीतबाटै समापन हुनेछ । ‘डि–मर्चा’को लाईभ कन्सर्टमा लक्ष्य समूहको फिचरिङ हुनेछ । प्रबेश निःशुल्क रहेको कार्यक्रमको उद्घाटन शत्रमा ट्राफिक सचेतनामूलक प्रस्तुती रहनेछ । ईभेन्ट म्यानेजमेन्ट गर्दै सामाजिक कार्य गर्ने उद्धेश्यले स्थापित डि–मर्चा व्याण्डका सदस्य तथा पोखराका केही सकृय यूवाहरु मिलेर ‘चहलपहल नेपाल’ गठन गरेको श्रेष्ठले बताए । ‘चहलपहल नेपाल’ले आफ्नो पहिलो गतिविधी अन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रमको मूख्य प्रायोजन ‘पोखरा टे«डमल’ चिप्लेढुङ्गाले गरेको छ भने सह प्रायोजकमा न्यू वराही अजिमा प्लाई उद्योग अमरसिंहचोक, अन्नपूर्ण ईञ्जिनियरिङ्ग कन्सल्टेन्सी चिप्लेढुङ्गा, हङकङ हर्वल व्यूटी ईन्ष्टिच्यूट एण्ड कलेज, वाराही ईन्टरनेट, थापा सप्लायर्स पन्थीगल्ली, विश्वकर्मा अटो मार्ट के.टि.एम.ड्यूक सोरुम, तालवराही कन्स्ट्रक्सन एण्ड ईक्यूपमेन्ट प्रा.लि. चाउथे, त्रिशा डाईमण्ड मोहरियाटोल, एस.के.साउण्ड महेन्द्रपुल, अल ईन वान अर्गानिक रेष्टुरेण्ट, माछापुच्छ्रे टायर औद्योगिक क्षेत्र, डायमण्ड उच्च मावि लेखनाथ, चच हुई फन पार्क एण्ड रिसोर्ट, मिलिजुली स्टेशनरी लगायतका रहेका छन् । कन्सर्ट कार्यक्रम पश्चात स्कुल स्कुलमा जेब्रा क्रसिङ जनचेतना अभियान सञ्चालन गरिने संयोजक श्रेष्ठले बताए । जसको शुरुवात कन्सर्टबाट बचत भएको केहि रकमबाटै शुरु गरिने उनले बताए । जेब्रा क्रसिङको बारेमा जनचेतना विद्यालयबाटै शुरु गर्नुपर्छ भन्ने उद्देश्यले स्कुल स्कुलबाट जेब्रा क्रसिङको जनचेतना अभियान सञ्चालन गर्न लागिएको श्रेष्ठले स्पष्ट पारे । करिब ३ घण्टा जसो डि–मर्चा व्याण्डको लाईभ कन्र्सट प्रस्तुती हुने डि–मर्चा व्याण्डका प्रमुख भोकलिष्ट भाष्करध्वज श्रेष्ठले बताए । चहलपहल मेलवर्नका निर्देशक सन्तोस बस्नेतले मेलवर्नमा आफूहरुले विभिन्न सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरी नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

Post a Comment

 
Top