0
पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियशन (सिटी रेवान)ले आयोजना गरेको तेस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल चौथो दिन पनि जारी रहेको छ ।       महोत्सवको चोथौ दिनसम्म दर्शकको उल्लेखनीय सहभागिता रहेको छ । नयाँ स्थानमा पहिलो पटक महोत्सव आयोजना गरेकाले के कस्तो होला भन्ने लागेको थियो महोत्सव आयोजक समितिका संयोजक एवं अध्यक्ष के.पी शर्मा पाध्याले भने–तर महोत्सवमा देखिएको दर्शक सहभागितासँगै उत्साहित बनिरहेका छौं । पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । पोखराको रङ्गशाला आयोजित महोत्सवमा दिउँसो लोक दोहोरी, हाँस्य प्रहसन र साँझ लाइभ पप कन्सर्ट आकर्षण बन्ने गरेको छ ।  शुक्रबारदेखि शुरु भएको महोत्सव कात्तिक २२ गतेसम्म चल्ने छ। महोत्सवमा दर्शकलाई नयाँ स्वाद दिनका लागिभन्दै यसपटक विवाहित पुरुषवीच नृत्य प्रतियोगिता, लोकल कुखुराको झोलसँग ढिडो खाने प्रतियोगिता, लमजुङको ठाडो भाका, हास्य प्रहसन जस्ता कार्यक्रम पनि थप गरिएको महासचिव एवं प्रवक्ता दिपक तिमिल्सिनाले जानकारी दिए। महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवको आकर्षणमा खानाका परिकारहरुवीच प्रतियोगिता, राष्ट्रिय स्तरको खुल्ला लोकदोहोरी प्रतियोगिता, गृहणी महिला नृत्य प्रतियोगिता, उपभोग्य बस्तुको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान र ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

Post a Comment

 
Top