
कार्यक्रममा लघु वित्त संघ, मिफान नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् नेष्डो नेपालका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले लघु वित्तले विपन्न परिवारको आर्थिक उन्नतीका साथसाथै सामाजिक कल्याणकारी सेवाहरु कार्यान्वयनमा ल्याएको बताए । कार्यक्रममा सृजना विकास केन्द्रका कार्यकारी प्रमुख विरबहादुर अधिकारी, सूर्योदय लुघवित्त वित्तीय संस्थाका अध्यक्ष अनन्तमान श्रेष्ठ, परिचित वचत तथा ऋण शहकारी संस्था, रुपन्देहीका व्यवस्थापक मेनुका थापाले लघुवित्त संस्थाहरु आन्तरिक सुशासन कायम गर्दै वञ्चितीमा परेका क्षेत्र र वर्गमा लघुवित्त सेवा विस्तारका लागि थप अभियान अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मुक्तिनाथ विकास वैंकका वरिष्ठ प्रवन्धक गोविन्द रावत, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक रामप्रसाद काफ्ले, सिवाईसी बाग्लुङ्गका उपाध्यक्ष विर वहादुर किसानले लघुवित्त क्षेत्रमा विद्यमान समस्याहरु र तीनको समाधान प्रस्तुत गरेका थिए । दुई दिने गोष्ठीमा सेन्टरका प्रवन्धक पृथ थापा, रुपबहादुर खड्का, अधिकृत वासुदेव लामिछाने र विमल खतिवडाले सहजीकरण तथा व्यवस्थापन गरेका थिए । समापन कार्यक्रम सेन्टरका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको अध्यक्षता, वरिष्ठ अधिकृत रामदयाल राजवंशीको स्वागत एवम् प्रवन्धक अन्नपूर्ण श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । गोष्ठीमा यस क्षेत्रका १० जिल्लाबाट २ विकास बैंक, ३ गैरसरकारी लघुवित्त संस्था र २३ लघुवित्त सहकारी संस्था समेत गरी २८ वटा लघुवित्त संस्थाहरुबाट ५७ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
Post a Comment