नेपाल स्याटेलाइट कम्पनीले ‘हेल्लो नेपाल’को सेवा पश्चिमाञ्चल क्षेत्रमा पोखराबाट सुरु गरेको छ । पश्चिमाञ्चल क्षेत्रमा मंसिर ४ गते सेवा सुरु गरेको कम्पनी मंगलबारसम्म झण्डै ४० हजार सिम वितरण गरेको छ । मुलुकको पहिलो ग्रामीण दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइट टेलिकमको हेल्लो नेपालले सेवाका लागि पश्चिमाञ्चल क्षेत्रमा सम्पूर्ण पूर्वाधार तयार गरिसकेको छ । कम्पनीले पोखरामा मात्र १४ वटा टावर निर्माण गरेको छ । पहिलो चरणमा २०६६ साल मङ्सिर १ गतेदेखि मध्यपश्चिमाञ्चलमा आफ्नो व्यावसायिक सेवा सञ्चालनमा ल्याएको कम्पनीले दोस्रो चरणमा हालसालै सुधुरपश्चिमको दाङ्बाट सेवा सुरु गरिसकेको छ । सुदूरपश्चिमको दार्चुलादेखि पश्चिमाञ्चलको गैंडाकोटसम्म सेवा सञ्चालनका लागि सम्पूर्ण पूर्वाधार तयार भइसकेको कम्पनीले जनाएको छ । पश्चिमाञ्चलमा सेवा सुरु गरेको अवसरमा कम्पनीले पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा प्रवेश गर्ने दर्शकलाई एउटा टिकटमा ३ वटा सिम निःशुल्क वितरण गरेको कम्पनीका प्रतिनिधि दीपेश अर्यालले जानकारी दिए । सेवा सुरु गरेको छोटो समयमा ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । मेलामा वितरण गरिएको सिमबाट ३ महिनासम्म निःशुल्क बोल्न मिल्ने कम्पनीले बताएको छ । हेल्लो नेपालका प्रयोगकर्ता कास्की लेखनाथकी प्रिया रानाभाटले हेल्लो नेपालको नेटवर्क राम्रो भएको प्रतिक्रिया दिइन् । मेला अवलोकन गर्ने क्रममा किनेको टिकटको अर्धकट्टीबाट उनले शनिबार ३ वटा सिम लगेकी थिइन् । घर गाउँमा भएपनि राम्रोसँग नेटवर्क टिपेको उनले बताइन् । पोखरामा भित्रिएको हेल्लो नेपालले बजारबिस्तारलाई तिब्र रुपमा अगाडि बढाएको छ । यससँगै पोखरा उद्योग वाणिज्य संघलगायत यहाँका निजी संघसंस्थाले पनि हेल्लो नपाललाई स्वागत गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले हेल्लो नेपालले पश्चिम क्षेत्रमा सेवा बिस्तार गर्नु स्वागतयोग्य भएको बताए ।हेलो नेपालको ४० हजार सिम वितरण
नेपाल स्याटेलाइट कम्पनीले ‘हेल्लो नेपाल’को सेवा पश्चिमाञ्चल क्षेत्रमा पोखराबाट सुरु गरेको छ । पश्चिमाञ्चल क्षेत्रमा मंसिर ४ गते सेवा सुरु गरेको कम्पनी मंगलबारसम्म झण्डै ४० हजार सिम वितरण गरेको छ । मुलुकको पहिलो ग्रामीण दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइट टेलिकमको हेल्लो नेपालले सेवाका लागि पश्चिमाञ्चल क्षेत्रमा सम्पूर्ण पूर्वाधार तयार गरिसकेको छ । कम्पनीले पोखरामा मात्र १४ वटा टावर निर्माण गरेको छ । पहिलो चरणमा २०६६ साल मङ्सिर १ गतेदेखि मध्यपश्चिमाञ्चलमा आफ्नो व्यावसायिक सेवा सञ्चालनमा ल्याएको कम्पनीले दोस्रो चरणमा हालसालै सुधुरपश्चिमको दाङ्बाट सेवा सुरु गरिसकेको छ । सुदूरपश्चिमको दार्चुलादेखि पश्चिमाञ्चलको गैंडाकोटसम्म सेवा सञ्चालनका लागि सम्पूर्ण पूर्वाधार तयार भइसकेको कम्पनीले जनाएको छ । पश्चिमाञ्चलमा सेवा सुरु गरेको अवसरमा कम्पनीले पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा प्रवेश गर्ने दर्शकलाई एउटा टिकटमा ३ वटा सिम निःशुल्क वितरण गरेको कम्पनीका प्रतिनिधि दीपेश अर्यालले जानकारी दिए । सेवा सुरु गरेको छोटो समयमा ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको उनले बताए । मेलामा वितरण गरिएको सिमबाट ३ महिनासम्म निःशुल्क बोल्न मिल्ने कम्पनीले बताएको छ । हेल्लो नेपालका प्रयोगकर्ता कास्की लेखनाथकी प्रिया रानाभाटले हेल्लो नेपालको नेटवर्क राम्रो भएको प्रतिक्रिया दिइन् । मेला अवलोकन गर्ने क्रममा किनेको टिकटको अर्धकट्टीबाट उनले शनिबार ३ वटा सिम लगेकी थिइन् । घर गाउँमा भएपनि राम्रोसँग नेटवर्क टिपेको उनले बताइन् । पोखरामा भित्रिएको हेल्लो नेपालले बजारबिस्तारलाई तिब्र रुपमा अगाडि बढाएको छ । यससँगै पोखरा उद्योग वाणिज्य संघलगायत यहाँका निजी संघसंस्थाले पनि हेल्लो नपाललाई स्वागत गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले हेल्लो नेपालले पश्चिम क्षेत्रमा सेवा बिस्तार गर्नु स्वागतयोग्य भएको बताए ।
Post a Comment