
मेलामा बुधबार नवदीप बोर्डिङ स्कूल, शोसल पब्लिक बोर्डिङ स्कूल, बाल प्रभात बोर्डिङ स्कूल, कञ्चनजंगा बोर्डिङ स्कूल र राइजिङ स्टार बोर्डिङ स्कूलबीच प्रतिस्पर्धा हुने भएको छ । दर्शकलाई मनोरञ्जन प्रदान गर्नका लागि चर्चित लोकदोहोरी गायक बद्रि पंगेनी बुधबार मेलामा आउने भएका छन् । लोकदोहोरीतर्फ बुधबार कल्पना सिल्पाली, प्रजापति पराजुली, दुर्गा रायमाझी, रमेश बीजी, तारापति सुवेदी, टेक क्षेत्री, मञ्जु बि.क., निशा पोखरेललगायतको प्रस्तुतिसमेत रहनेछ । अन्तरदोहोरी साँझ लोकदोहोरी प्रतियोगितातर्फ सुनगाभा दोहोरी साँझ र चौतारी दोहोरी साँझबीच प्रतिस्पर्धा हुने सांस्कृतिक उपसमितिका सहसंयोजक काशीप्रसाद सुवेदीले जानकारी दिए । हास्यव्यङ्ग्यतर्फ बुधबार शंकर आचार्य, अर्जुन घिमिरे (पाडे), कुमार कट्टेल (जिग्री), शुभाष कार्की र दीपक थापालगायतको प्रस्तुति रहने छ । बुधबार साँझको कार्यक्रममा आधुनिक तथा पप गीतबाट दर्शकलाई मनोरञ्जन प्रदान गरिने भएको छ । साँझ कलाकारहरु धर्मेन्द्र सेवान, सागर शाह, रजनी राईलगायचको विशेष प्रस्तुति रहनेभएको छ ।
Post a Comment