0
मंगलबार बिहान १० बजे पोखरामा चल्ने सम्पूर्ण नगरबसहरु एकाएक बन्द भए । बन्द पूर्णरुपमा दिउसो २ बजेसम्म रह्यो । बन्दको न हल्ला थियो, न कुनै पूर्व सूचना । तैपनि सर्वसाधारण बोक्ने नगर बसहरु एकाएक बन्द हुँदा काममा हिंडेका सर्वसाधारण र कार्यालय समयमै पुग्नुपर्ने कर्मचारीहरुले सास्ती बेहोर्न बाध्य भए । एक्कासी गाडी बन्द भएपछि गाडीमा यात्रा गरिरहेका सर्वसाधारण गाडीबाट ओर्लेर कोही हिंडेर, कोही आफन्तसंग सहयोग माग्दै थिए भने कोही ट्याक्सी चढेरै भएपनि आफ्नो गन्तव्यतिर लागेका थिए ।
बसहरु बन्द हुनुको कारण थियो पोखराको नदीपुरमा रहेको प्रहरी विट अगाडि प्रहरीले ग१ख २०२१ नं. बसका चालकलाई कुटपिट विवाद । मंगलबार बिहान करिब ८ बजे बस चालकलाई विटबाट खटिएका प्रहरीले कुटपिट गरेपछि उक्त विवाद उत्पन्न भएको थियो । यात्रु झार्न र चढाउन नदीपुर चोकमा बस रोकेका चालक अमर लामालाई नदीपुर विटमा रहेको प्रहरी शिव अधिकारीले विलबुक र बसका कागजपत्र नदिएको भन्दै कुटेका थिए ।
बसमा रहेका यात्रुको भनाई अनुसार प्रहरी अधिकारीले बस चालक लामासंग बसको कागजपत्र मागेको र बस चालक लामाले कागजपत्र होइन बसको चावी नै लैजा भनेर जवाफ फर्काएपछि प्रहरी अधिकारीले चालक लामालाई यात्रुकै अगाडि बसभित्रै पसेर कुटेका थिए ।  झगडाको कारण बगरबाट संचालन हुने नगर बसहरु सन्चालनमा चालकहरुले नै रोक लगाएका छन् ।
नदीपुरमा बिहान भएको घटना बस चालक र प्रहरी बसेर मिलाएपनि करिब ११ बजेतिर चालकलाई कुट्ने प्रहरी अधिकारी सादा पोशाकमा बग।र नै पुगि चालकहरुसंग पुनः लडाइँ गर्न खोजेपछि  चालकहरुले उनलाई पिट्ने पर्यास गर्दा गटनाले ठूलै रुप लिन पुग्यो । घटनाले ठूलै रुप लिन थालेपछि त्यहाँ पुगेको प्रहरी  टोलीले कुटपिटमा उत्रने प्रहरी अधिकारीलाई नियन्त्रण ग¥यो । घटना यतिमै सीमित रहेन । बस  चालकहरुले आफूहरुमाथि दुव्र्यवहार भएको भन्दै पोखराका सम्पूणै बस सेवा ठप्प पार्दै प्रहरी अधिकारीलाई कार्वाहीको माग गरेका थिए । आन्दोलनमा उत्रिएका बसका चालक तथा सह–चालकले वडा प्रहरी कार्यालय बगरमै पुगेर नाराबाजी समेत गरेका थिए भने प्रहरीले सभ्य ब्यहार गर्नुपर्ने, प्रहरीबाट मजदुरको सुरक्षा हुनुपर्ने लगायतका माग उनीहरुले राखेका थिए । त्यसपछि वडा प्रहरी कार्यलय बगरमा मजदुर नेता, प्रहरी र पीडित पक्षबीच वार्ता भएको थियो । वार्तामा पोखरा बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष देउप्रसाद गुरुङ, उपाध्यक्ष क्षेत्रबहादुर राना, सचिव अमृत शर्मा, सह–सचिव देवी कुइँकेल,  ईश्वर, चन्दा, सीताका साथै नेपाल यातायात मजदूर संघ कास्कीका अध्यक्ष जितबहादुर गुरुङ नगर बस इकाइका अध्यक्ष विकास गुरुङ, वसन्त, विष्णु केसी लगायत सहभागी थिए । वार्ता दिउँसो २ बजेसम्म चलेको थियो । वार्तामा कमिकमजोरीलाई पुनः नदोहो¥याउने, प्रहरी र बस चालकले मित्रवत् व्यवहार गर्ने सहमति दुवै पक्षबीच भएपछि चालक र सह–चालकहरु आफ्नो काममा फर्किेएपछि पोखरामा नगरबसहरु संचालनमा आएको थियो ।

Post a Comment

 
Top