0

आर्थिक अभावका कारण काजकीरिया गर्नका लागि पनि असुविधा भोग्दै आएका लेखनाथ नगरपालिका वडा नं ६ अर्चले निवासी स्वर्गीय लालबहादुर विकको परिबारलाई विभिन्न संघ सस्था तथा व्यक्तिहरुबाट संकलन गरेको रु १२ हजार रकम हस्तान्तरण गरिएको छ । स्थानीय समाजसेवी खडानन्द लामिछानेको सक्रियतामा लेखापढी व्यसायी संघ कास्की र विभिन्न संघ सस्थाहरु तथा ब्यक्तिहरुबाट संकलित रकमलाई नेपाली काग्रेस लेखनाथ नगर समितिका सभापति राजेनद्रमणि लामिछानेको उपस्थीतिमा स्वर्गीय विककी श्रीमती रत्ना विकलाई उक्त रकम प्रदान गरिएको थियो।

Post a Comment

 
Top