0
लायन्ँस क्लव अफ पोखरा माछापुच्छ«ेको आयोजनामा मदरल्याण्ड उच्च मावि मासबारमा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ । तीनवटा विद्यालयका १२ जना विद्यार्थीहरु सहभागी भएको पिस पोष्टर प्रतियोगितामा मदरल्याण्ड उच्च माविका अञ्जनी पौडेल प्रथम, करुणानिधि विद्यालयका एलोन तामाङ द्वितीय, हिल प्वाइन्ट उच्च माविका राजेश क्षेत्री तृतीय र मदरल्याण्ड उच्च माविका दिक्षा गिरीले सान्त्वना स्थान प्राप्त गर्न सफल भए । प्रतियोगिताको  निर्णायकमा पोखराका बरिष्ठ चित्रकार तथा साहित्यकार यादव चन्द्र भुर्तेल रहेका थिए । रिजन चियरपर्सन श्याम कृष्णको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पिस पोष्टरका चिप कोअर्डिनेटर गौरब राम भण्डारी, दिवाकर जैसी, क्लवका संस्थापक अध्यक्ष दीपेन्द्र शर्मा, पूर्व अध्यक्ष शिव बराल, आइपिपि तोरण बहादुर कुँवर तथा क्लवका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । क्लवका अध्यक्ष अर्जुन बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दीपेन्द्र प्रताप चन्दले गरेका थिए । यसैगरी  लायन्स क्लव अफ हेमजाको आयोजनामा हेमजामा पिस पोष्टर कार्यक्रम सम्पन्न भएको छ । हेमजा वोर्डिङ स्कूलको प्राङ्णमा भएको प्रतियोगितामा हेमाजका विभिन्न विद्यालयबाट गरि आठ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा स्नो भ्यू वोर्डिङ स्कूलाका  आश्विन बाँस्तोला प्रथम र हेमजा बोर्डिङ स्कूलका प्रकाश विक द्वितीय भएका थिए ।       विद्यार्थीहरुको आन्तरिक प्रतिभाको प्रष्फुटन गदै नयाँ कुराको खोज र सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक तथा लायन्स क्लव हेमजाका सहकोषाध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । उनीहरुलाई लायन्स क्लव अफ हेमजाका अध्यक्ष मोतिराज तिमिल्सिना प्रमुख अतिथि लायन्स क्लवका को–चिफ एडभाईजर तीर्थलाल श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । लायन्स क्लव अफ हेमजाका अध्यक्ष मोतिराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका जोन चियर पर्सन राजेन्द्रबहादुर सापकोटा र लायन्स क्लव अफ हेमजाका द्वितीय उपाध्यक्ष धर्मराज भण्डारीले बोलेका थिए ।
यसैगरी लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनले जनचेतना मूलक कृषि फिल्म निर्माण गर्ने भएको छ । हाल बजारमा हरियो तरकारी र फलफूलमा अनाधिकृत रुपमा प्रयोग भै रहेको विषादी र यसले जनस्वास्थ्यमा पार्न सक्ने असर विषयमा  जनचेतना जगाउन यो कृषि फिल्म निर्माण गर्न लागिएको क्लवका अध्यक्ष चण्डी प्रसाद अर्यालले जानकारी दिए । क्लवले फिल्मको शुभमुहर्त गत सोमबार गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि भागवत भाष्कर पण्डित कमलनयन गौतमबाट दीप प्रज्वलन एवम् शुभ साइत श्लोकबाट उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गौतम लायन्सका फस्ट भिडिजी धु्रव बहादुर थापा, प्रेम बहादुर श्रेष्ठ, दिपक श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । क्लवका पूर्व अध्यक्ष एवम् रिजन चियरपर्सन दामु अधिकारीले स्वागत मन्तव्य गरेको भएको कार्यक्रममा फिल्म निर्माणको औचित्य र यसको गतिविधिहरुको बारेमा कार्यक्रमका सभापति लायन चण्डिप्रसाद अर्यालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैगरी लायन्स क्लव अफ पोखरा सेती गण्डकीको आयोजनामा बुधवार पोखराको रामबजार स्थित विभूति बोर्डिङमा पिस पोष्टर कार्यक्रम सम्पन्न भएको छ । विश्वमै शान्तिको शन्देश फैलाउने उद्देश्यले क्लवले वार्षिक रुपमा विद्यार्थीहरु बीच विभिन्न विद्यालयमा चित्रकला प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा विभूतिमा अध्ययनरत मन्दिप केसी प्रथम, नेहाकुमारी द्वितीय र श्रद्धा अधिकारी तृतीय भएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि  डिष्ट्रिक एडभाइजर सोनाम साङ्पोले कार्यक्रमले शान्तिको शन्देश फैलाउन महत्वपूर्ण सहयोग पुग्ने बताए । क्लवका अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा भएको कार्यक्रममा निर्णायक बरिष्ठ कलाकार यादव चन्द्र भूर्तेल, विभूति सेकेण्डरी बोर्डिङ स्कुलका प्राचार्य सुशिला केसी अधिकारी, विद्यालयका संयोजक रोहिणी ढकाल, लायन्स क्लव अफ पोखरा सेती गण्डकीका सचिव विष्णु पौडेल, लायन अम्बिका पराजुली, विद्यार्थीको तर्फबाट श्रद्धा अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top