0
मुलुकको प्रमुख पर्यटकीय नगरको रुपमा परिचित पोखरालाई देशकै सप्mटवेयर सिटी अर्थात सप्mटवेयर केन्द्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेकोले त्यसतर्फ लाग्न विज्ञहरुले सुझाव दिएका छन् । उनीहरुले पोखरालाई सफ्टवेयर सिटीको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरु रहेकोले पनि सफ्टवेयर सिटी बनाउन सरोकारवाला गम्भीर हुनुपर्नेमा समेत जोड दिएका छन् । सप्mटवेयरको निर्माण गर्ने कम्पनीहरु पोखरामा स्थापना र संचालन गर्न सकेमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा नै महत्वपूर्ण योगदान पु¥याउन सक्ने विश्वास पनि उनीहरुको छ । पोखरामा मंगलबार आयोजित एक कार्यक्रममा गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एण्ड साइन्सका प्राचार्य रविप्रसाद बरालले दिएको जानकारी अनुसार चीनको अर्थतन्त्रमा सप्mटवेयर कम्पनीहरुले २० देखि ३० प्रतिशत र भारतको अर्थतन्त्रमा २० प्रतिशत भन्दा माथि योगदान पु¥याएका छन् भने अमेरिकाको सिलिकन भ्याली विश्वकै सप्mटवेयर कम्पनीको केन्द्रको रुपमा स्थापित भएको छ । गण्डकी कलेज अफ इनिजनियरिङ्ग एण्ड साइन्सले यहि कार्तिक २८ र २९ गते अर्थात शुक्रबार र शनिबार आयोजना गरेको जिसिइस आइटी महोत्सव २०१४ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै कलेजका प्राचार्य बरालले आफूहरुले पोखरालाई सफ्टवेयर सिटीको विकास गरेर समग्र देशको अर्थतन्त्रमा विकास गर्ने सपना देखेकोले त्यसलाई साकार पार्न सबैको सहयोगको खाँचो औंल्याए । नेपालमा सप्mटवेयर इन्जिनियरिङ्गको पढाइ हुने कलेज गण्डकी कलेज अफ इनिजनियरिङ्ग एण्ड साइन्समात्र भएको बताउँदै उनले सूचना प्रविधि अर्थात आइटीको पढाइ हुने कलेज भने पोखरा लगायत अन्य स्थानमा पनि रहेको गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पोखरामा अध्ययन गरेका सफ्टवेयर इन्जिनियरहरुको संख्या तीनसय भन्दा बढी पुगेको भएपनि उनीहरुमध्ये करिब एकसय जना नेपालमा र बाँकी करिब दुईसय विदेशमा रहेर सफ्टवेयर निर्माणमा जुटेको जानकारी दिंदै प्राचार्य बरालले भने–‘बाहिर गएका नेपाली सफ्टवेयर इन्जिनियरहरुले पनि राम्रो अवसर प्राप्त गरेको र क्षमतावान बनेकोले नेपाल फर्कन समेत पाएका छैनन् ।’ यसै सन्दर्भमा उनले भने–‘मेरो छोरा पनि अष्ट्रेलियामा सफ्टवेयर इन्जिनियरको रुपमा काम गर्न लागेको र हाल अष्ट्रेलिया र जापानको संयुक्त लगानीमा संचालित ठूलो कम्पनीमा काम गर्दै आएका छन् उनलाई नेपाल फर्कने चाहना भएपनि विदेशीहरुले फर्काउन मान्दैनन् ।’ पोखरालाई सप्mटवेयर सिटीको रुपमा विकास गर्नका लागि कलेजमा स्नातकोत्तर तहको पढाइ शुरु गर्ने प्रयास भएको तर अझै सफलता प्राप्त नभएकोमा उनले दुःखेसो पोखे । स्नातकोत्तर पढाइ गर्न हामीले पोखरा विश्वविद्यालयमा सम्बन्धन प्राप्त गर्न निवेदन दिएको २ वष पोखरालाई सप्mटवेयर सिटी बनाउन सजिलो हुने उनको विश्वास छ । बरालले हाल कलेजले करिब ३ लाख रुपैयाँको न्यूनतम् शुल्कमा सप्mटवेयर इन्जिनियर विषयमा पढाई संचालन गरिरहेको जानकारी दिए । उनले भने–‘नेपालका करिब एकसय इन्जिनियरिङ्ग कलेजले ६ लाखदेखि ९ लाख रुपैयाँसम्ममा विद्यार्थीबाट शुल्क लिन्छन् तर हामीले अत्यन्त न्यूनतम् शुल्कमा गुणस्तरीय पढाइ गराएका छौं ।     
पोखराको गण्डकी कलेज अफ इन्जिनियरिङ्ग एण्ड साइन्सले आयोजना गर्ने पाचौं जिसिइएस आइटी महोत्सव–२०१४ को तयारी करिब पूरा भएको छ । सूचना तथा प्रविधिको क्षेत्रलाई अझै विकास गर्न आवश्यक शिप तथा जनशक्ति उत्पादन परिचालन र व्यवस्थापनमा स्थानीय शैक्षिक संस्था, व्यवसायी र नीति निर्माणकर्ताहरुमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । पोखरालाई सूचना तथा प्रविधिको केन्द्र बनाउन महोत्सवले सहयोग पु¥याउने विश्वास आयोजकको छ । कार्तिक २८ र २९ गते संचालन हुने महोत्सवमा राष्ट्रव्यापी सफ्ट्वेयर प्रतियोगिता र प्रदर्शनी हुनुका साथै विद्यार्थीहरुको शिर्जनसिलता र क्षमता प्रदर्शन गरिने, सप्mटवयेर तथाअ हार्डवेयरको पुरानो र वर्तमान अवस्थाको वारेमा जानकारी गराइने उच्च माविस्तरीय निवन्ध प्रतियोगिताका साथै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो । महोत्सव अन्तर्गत हुने सफ्टवेयर प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमशः २५ र १५ हजार रुपैयाँ तथा उत्कृष्ट सृजना भएकालाइ ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । महोत्सव सम्पन्न गर्न कलेजका प्राचार्य रविप्रसाद बराल प्रमुख संरक्षक र सह–प्राचार्य अशोकराज पराजुली संरक्षक रहेको आयोजक समिति मनाइएको छ । समितिको सभापतिमा कलेजका रिसर्च एण्ड डेभलपमेन्ट डिपार्टमेनट प्रमुख सुजन ताम्राकार, उपसभापति विद्यार्थी सुशिल जिसी, सचिवमा प्रतिमा शर्मा, सह–सचिवमा दूधराज पराजुली र कोषाध्यक्षमा मुकेश भट्टराई रहेका छन् । साथै समितिको सदस्यहरुमा विपिन अर्याल, लक्ष्मी गुरुङ, विदुर सुवेदी, अतिश शाही, महेशप्रसाद जोशी, ताहीरा निरौला, विशाल पुन, निराजन उदास, सुलोचना भुजेल, सृजना थापा र अमृत दाहाल रहेको सचिव प्रतिमा शर्माले गोल्डेन न्यूज दैनिकलाई बताइन । महोत्सवको उद्घाटन नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले गर्ने कार्यक्रम छ ।

Post a Comment

 
Top