
भेलालाई उद्घाटन गर्दै ढुङ्गाना प्रतिष्ठानका केन्द्रीय संरक्षक नवदत्त ढुङ्गानाले सम्पूर्ण जातजाति, धार्मिक र समाजको जस्तै ढुङ्गानाहरुको पनि एउटा समाज बनाउनु पर्ने सबैले आफ्नो पहिचान झल्काउने भएकोले ढुङ्गानाहरुको वंशावलीलाई निरन्तर राख्नको लागि अभिलेखको रुपमा लैजान भन्दै ढुङ्गाना समाजले गरेको गतिविधिको बारेमा धारणा राखेका थिए । सोही अवसरमा ढुङ्गाना प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल संयोजक सुदिपराज ढुङ्गानाले केन्द्रको गतिविधि र आगामी कार्य योजनाको बारेमा आफ्नो धारणा राखेका थिए । भेलामा सचिव टोपराज ढुङ्गानाले अहिलेसम्मको प्रगति विवरण तथा कोषाध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । नवदत्त ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पोष्टराज ढुङ्गाना, मनोहरि ढुङ्गाना, नवराज ढुङ्गाना, ज्ञानेन्द्र ढुङ्गाना, निर्मला ढुङ्गाना लगायतले ढुङ्गाना प्रतिष्ठानको बारेमा विभिन्न सुझाव दिएका थिए ।
Post a Comment