0
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा संयुक्त राष्ट्रसंघीय संयन्त्र सम्बन्धी तालिम कात्तिक २३ गते पोखरामा सम्पन्न भयो । कात्तिक २२ गते शुरु भएको तालिममा पश्चिमाञ्चल क्षेत्रका विभिन्न १० जिल्लाका कानुन व्यवसायी, मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी गरी ५० जनाको सहभागीता रहेको थियो । तालिममा काठमाडौं स्कूल अफ लका सहप्राध्यापक कपिल अर्याल, राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक डा. टीकाराम पोखरेल, इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत सम्झा श्रेष्ठले लगायतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रणाली, नौ ठूला महासन्धी, प्रतिवेदन संयन्त्र, मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि गैससद्वारा राष्ट्रसंघमा प्रस्तुत हुने प्रतिवेदनका बारेमा सहजीकरण गरे । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम इन्सेक पोखराका पिएमई अधिकृत टंक खनालले सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top