0
राष्ट्रिय उत्पादनको पहिचान गराउने र प्रचार प्रसारको अवसर प्रदान गर्ने विभिन्न मेला तथा महोत्सव सम्वन्धी छलफल र भेटघाटको उद्देश्य लिएर रुपन्देही उद्योग संघका एक टोली लेखनाथमा आईपुगेको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको सभापतित्वमा आयोजना गरिएको सो छलफल कार्यक्रममा यहि मंसिर १८ गतेदेखि २९ गतेसम्म आयोजना गरिएको ११औं लेखनाथ महोत्सव २०७१ सम्वन्धि जानकारी दिएका थिए भने रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पियाले भ्रमणको उद्देश्य दुई संघ बीच भेटघाट साथै पौष ७ देखि २१ गते सम्म संचालित १३औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सवको प्रवद्र्धन र प्रचार प्रसार रहेको बताएका थिए । लेखनाथ उद्योग वाणिज्य संघका महासचिव बलराम ढकालले पर्यटन नगरी लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघको क्रियाकलाप र संघले संचालन गरेका मेला महोत्सव जानकरी दिएका थिए भने निवर्तमान अध्यक्ष सुमन भट्टराईले मेला महोत्सव संचालनमा आएका समस्या र समाधान सम्वन्धि आफ्ना भनाइ राखेका थिए । त्यसैगरि रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष तेज कुमार पाठक, वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मी, उपाध्यक्ष गणेश प्रसाद अधिकारीले संघले हाल सम्म गरेका गतिविधि र महोत्सव सम्वन्धि प्रस्त पारेका थिए ।
संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, सचिवालय व्यवस्थापन, मेला महोत्सव सम्वन्धि छलफल गरिएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव भरतकुमार अधिकारी र कार्य समिति सदस्य बिनोद श्रेष्ठको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top