0

चक्रदेबी बचत तथा ऋण सहकारी सस्था लेखनाथ ८ शिशुवाको ४८औं स्थापना दिवसको पारेर लेखनाथ ६ सहेलापाखामा रहेको श्री कृष्ण प्रणामी बाल तथा बृद्धाश्रमलाई सहयोग प्रदान गरिएको छ । सस्थाको स्थापना दिबसको अवसरमा त्यहाँ रहेका बृद्धबृदाका लागि आवस्यक पर्ने भाडाकँुडा, खाद्य सामाग्री र फलफूल प्रदान गरिएको हो । संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा श्री कृष्ण प्रणामी बाल तथा बृद्धाश्रमका अध्यक्ष दुर्गाप्रसाद गौतमलाई उक्त सामाग्री चक्रदेबी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष सोमलाल कंडेलले हस्तान्त्रण गरेका थिए । कार्यक्रममा चक्रदेबी बचत तथा ऋण सहकारी स्रस्थाका सचिव शिब बास्तोला र आश्रम संचालक समितिका कोषाध्यक्ष तिलकशाली अधिकारीले बृद्धबृद्धाको भावना बुझेर सेवा गर्नु नै वास्तविक रुपको सेवा भएको धारणा राखेका थिए ।

Post a Comment

 
Top