पोखरा उपमहानगरपालिका वडा नं. १२ शितलादेवीमा रहेको सिद्धार्थ सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष प्रभा कोइरालाले नेपालको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले पछिल्लो क्रममा सहकारी संस्थाको संख्या वृद्धि भएसंगै विकृति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै सहकारीको संख्यामा भन्दा गुणस्तर विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले संस्थाले गरेका गतिविधिको प्रशंसा गर्दै आर्थिक सम्बृद्धि गर्ने कार्यमा हातेमालो गर्न तयार रहेको बताए । कार्यक्रममा सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठले आगामी कार्य योजना, सचिव सुरेशबहादुर श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष बिष्णुबहादुर श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । यस्तै, ऋण संयोजक निर्मला श्रेष्ठले र काम परिचालन प्रतिवेदन, गोविन्द प्रसाद सिग्देलले लेखा समितिको प्रतिवेदन र आर्थिक सल्लाहकार ज्ञानबहादुर कार्कीले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए । सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्कीले स्वागत र सञ्चालन सचिव सुरेशबहादुर श्रेष्ठले गरेका थिए भने शेयर सदस्यहरु विश्वलाल श्रेष्ठ र विनिता दाहालले सहकारीको बारेमा आ–आफ्नो भनाई राखेका थिए । त्यस अवसरमा संस्थाका शेयर सदस्यहरुका ११ जना छोराछोरीहरुलाई एसएलसीमा उत्तीर्ण भएकोमा सम्मान गरिएको थियो भने २१ जना नयाँ शेयर सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।सिद्धार्थ सहकारीको १५औं साधारणसभा
पोखरा उपमहानगरपालिका वडा नं. १२ शितलादेवीमा रहेको सिद्धार्थ सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष प्रभा कोइरालाले नेपालको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले पछिल्लो क्रममा सहकारी संस्थाको संख्या वृद्धि भएसंगै विकृति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै सहकारीको संख्यामा भन्दा गुणस्तर विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले संस्थाले गरेका गतिविधिको प्रशंसा गर्दै आर्थिक सम्बृद्धि गर्ने कार्यमा हातेमालो गर्न तयार रहेको बताए । कार्यक्रममा सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठले आगामी कार्य योजना, सचिव सुरेशबहादुर श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष बिष्णुबहादुर श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । यस्तै, ऋण संयोजक निर्मला श्रेष्ठले र काम परिचालन प्रतिवेदन, गोविन्द प्रसाद सिग्देलले लेखा समितिको प्रतिवेदन र आर्थिक सल्लाहकार ज्ञानबहादुर कार्कीले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए । सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्कीले स्वागत र सञ्चालन सचिव सुरेशबहादुर श्रेष्ठले गरेका थिए भने शेयर सदस्यहरु विश्वलाल श्रेष्ठ र विनिता दाहालले सहकारीको बारेमा आ–आफ्नो भनाई राखेका थिए । त्यस अवसरमा संस्थाका शेयर सदस्यहरुका ११ जना छोराछोरीहरुलाई एसएलसीमा उत्तीर्ण भएकोमा सम्मान गरिएको थियो भने २१ जना नयाँ शेयर सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
Post a Comment