0
कास्कीका पुराना कम्युनिष्ट नेता स्व. खेमराज पौडेलको १३ आंै दिनको पूण्यतिथिको अवसरमा उनको सम्झना गरिएको छ । एमाले हेम्जा गाउ कमिटीको आयोजनामा भएको श्रद्दाञ्जली सभामा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले कास्कीको कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउन स्वर्गीय पौडेलले महत्वपूर्ण भूमिका र्निवाह गरेको बताए । हेम्जा गाउ कमिटीका अध्यक्ष चूडामणि तिमिल्सिनाको अध्यक्षतामा भएको सभामा एमाले नेता पुण्य पौडेल, एमाले क्षेत्र नम्वर २ का अध्यक्ष जीवन आर्चाय, स्व.पौडेलका जेठा छोरा विष्णु पौडेलले स्वर्गीय पौडेलले देखाएको बाटोमा हिडे मात्र कम्युनिष्ट आन्दोलन सफल हुने बताए । २००७ सालमा लामाचौर ९ घार्मीमा जन्मिएका पौडेलको ६४ बर्षको उमेरमा कार्तिक ४ गते आफनै निवास हेम्जामा निधन भएको थियो ।

Post a Comment

 
Top