0
लामाचौर–माछापुच्छ«े सडक उपभोक्ता समितिको शुक्रबार भएको वृहत भेलाले विक्रम गुरुङ (सार्दीखोला) अध्यक्षतामा १३ सदस्य सडक उपभोक्ता समिति सर्वसम्मतिले चयन भएको छ । पुरुञ्चौर गा.वि.स. भवनमा लामाचौर, पुरुञ्चौर, सार्दीखोला र माछापुच्छ«े गा.वि.स.का सडक उपभोक्ताहरुको वृहत भेलाले नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उमराज वास्तोला (पुरुञ्चौर), सचिव बुद्धिबहादुर खत्री (लामाचौर) सहसचिव सूर्जे गुरुङ (माछापुच्छे) र कोषाध्यक्ष नेत्रनाथ अधिकारी (पुरुञ्चौर) चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भिमकुमारी ढुंगाना, रमेश के.सी. (पुरुञ्चौर) पुन्यसोभा गुरुङ, माधव आचार्य, इमान सिंह विक (सार्दीखोला), कृष्ण प्रसाद पौडेल, कोपिला काफ्ले (लामाचौर) र नीरकुमारी गुरुङ (माछापुच्छ«े)  चयन भएका छन् ।

Post a Comment

 
Top