
पोखरा उप–महानगरपालिका कार्यालयले फेवाताल संरक्षणका लागि छुट्टै समिति निर्माणको तयारी भएको छ । उप–महानगरपालिकाको कार्यालयमा बिहीबार बसेको जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, सम्बन्धित गाउँ विकास समिति तथा सरोकारवालाहरुको बैठकले पर्यटकीय क्षेत्र फेवातालको संरक्षणका लागि स्थानीय निकाय संयुक्त समिति गठन गर्ने निर्णय गरेको हो ।समितिले छुट्टै कार्यालय स्थापना गरी फेवाताल संरक्षणको काम थाल्ने पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले जानकारी दिए । समितिले मूर्तरुप पाएपछि, ताल संरक्षण तथा विकासको कार्ययोजना निर्माण गरी क्रियाकलाप अघि बढाउने उनले बताए । समितिमार्फत हुने फेवाताल संरक्षणका सबै कार्यप्रति सहयोग गर्न स्थानीय राजनीतिक दल, स्थानीय प्रशासन, नागरिक समाज, सञ्चार माध्यम तथा सरोकारवाला लाई पोखरा उप–महानगरपालिकाले आग्रह गरेको छ ।
Post a Comment