0
नेपाल पत्रकार महासंघ कास्की अन्तरगत शाखा तथा अन्तर्राष्ट्रिय सम्वन्ध समन्वय समितिको वितार गरेको छ । समितिका संयोजक त्रिभुवन पौडेलले मंगलबार समिति विस्तार गरेका हुन् । समितिमा पत्रकार बासु मिश्र, विभु भुषाल, एकराज गिरी र नवराज सापकोटालाई चयन गरिएको संयोजक पौडेलले बताए । समितिका बाँकी सदस्य पछि थप गरिने समेत उनले बताए ।
नेपाल पत्रकार महासंघ कास्कीले नेपाल भित्र रहेका संघसंस्था र अन्तराष्ट्रिय संघसंस्था विच सम्वन्ध विस्तार गर्ने उद्देश्यले उक्त समिति गठन गरेको हो । उक्त समितिले पहिलो चरणमा सामाजिक सञ्चालहरु आफनो उपस्थिति जनाउने र आफनो इष्टिकर बनाएर प्रचार–प्रसार गर्ने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पत्रकारको सम्वन्ध विस्तार गर्दै प्रविधिसंग नजिक बनाउँदै प्रविधिमा भएको विकासंग साक्षात्कार गराउँदै अगाडि बढाउन समितिले भूमिका खेल्ने संयोजक पौडेलले बताए । देशभित्र र बाहिर आउने अवसरहरुलाई समान रुपमा अवसर प्रदान गर्दै पत्रकारिताको विकासमा योगदान पु¥याउने लक्ष्य समितिको हुने बताइएको छ ।

Post a Comment

 
Top