0
घोषित कार्यतालिकाभित्र संविधान जारी गर्न शान्तिका लागि नागरिक समाजको सञ्जालले राजनीतिक दलहरुलाई अपिल गरेको छ । सञ्जालको सचिवालय इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा कात्तिक २४ गते बसेको बैठकपछि एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै १२ बुँदे सहमतिदेखि हालसम्म भएका सहमति, समझदारी र संविधानसभाको निर्वाचनका क्रममा जारी गरिएका घोषणापत्रको भावना र मर्मलाई आत्मसाथ गर्दै लोकतान्त्रिक पद्धति अनुरुप आम नेपालीको अधिकार सम्पन्न संविधान ०७१ माघ ८ गतेभित्र जारी गर्ने प्रतिवद्धतालाई कार्यान्वयन गर्न आग्रह गरेको हो । राजनीतिक निर्णय र नेपाली जनता आफैले आफ्नो संविधान निर्माण गर्न पाउने संवैधानिक हक कुण्ठित हुने र वाह्य शक्ति राजनीतिक निर्णयको तहमा हावी हुन सक्ने खतराप्रति सचेत रहन राजनीतिक दलहरूलाई अपिल गर्दछौं विज्ञप्तिमा उल्लेख छ । विशेषगरी संविधानका विवादित विषयहरू शासकीय स्वरुप, संघीयताको संख्या र नामाकरण, निर्वाचन प्रणाली तथा न्यायप्रणाली सम्बन्धी विवादहरू २०६४  सालको पहिलो निर्वाचन देखि नै सतहमा आइरहेको अवस्थामा पुनः दोस्रो संविधानसभा निर्वाचनमा समेत यिनै मुद्दाहरूले दलहरू सहमतिमा पुग्न नसकेको र दलहरूका निर्णय जनताको निर्णयलाई अस्वीकार गर्ने खालको भएको ठहर गरेको छ ।


Post a Comment

 
Top