0
घर शान्ति नै विश्व शान्तिको आधार भन्ने अन्तराष्टिूय नारा र महिला हिंसा विरुद्ध शून्य सहिष्णुता कायम गरौ भन्ने राष्टिूय नाराका साथ २०१४ को १६ दिने अभियान विश्वभर नै विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदै छ । यसै सन्दर्भमा महिला तथा बालबालिका कार्यालय र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको अगुवाईमा मंसिर ९ गते मंगलबारबाट १४ गते सम्म लैङिक हिंसा बिरुद्ध १६ दिने अभियान विविध कार्यक्रम गरी मनाउने महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको अध्यक्ष सरला कमारी पाण्डेले एक कार्यक्रमका बीच जानकारी दिएकी छिन् । उनले महिला तथा बालबालिका विरुद्ध हिंसा कहिल्यै नगर्ने महिला तथा बालबालिका विरुद्ध हिंसाको कहिल्यै उपेक्षा नगर्ने र महिला तथा बालिका विरुद्ध हिंसामा कहिल्यै चुप लागेर नबस्ने यस अभियानको मुख्य उद्धेश्य रहेको बताइन् । साथै जिल्ला स्थित महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न सस्थाहरु सग समन्वयन र सहकार्यमा विभिन्न कार्यक्रमहरु गरिन लागेको उनले बताएकी छिन् । पाण्डेले १६ दिन सम्म गरिने कार्यक्रममा सेतो रिवन वितरण, महिला कर्मचारी र कार्यलय प्रमुखबिच अन्तरक्रिया, सेवाग्राहीहरुको लागि प्रतिबद्धता रजिष्टर राख्नको लागि सरकारी कार्यालयलाई अनुरोध गर्ने, १६ दिने अभियानको व्यानर कार्यालयमा राख्ने, अन्तराष्टिूय अपाङ दिवस  मनाइने, १६ दिने अभियान भित्र लैंगिक हिंसा प्रभावितहरुको लागि सुरक्षा गृह निर्माण गर्ने सम्बन्धीत निकायमा जग्गा उपलब्ध गराउन पहल गर्ने लगायतका कार्यक्रमहरु रहेको जानकारी दिएकी छिन् ।

Post a Comment

 
Top