0
पोखरा उपमहानगरपालिका कार्यालयले बुधबार पोखरामा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा सहभागी भएर बोल्ने वयक्तहरुले पोखरामो समसामयिक विषयमा आ–आफ्ना टिप्पणी र गुनासो गरे । उनीहरुले नगरपालिकाको फोहोर उठाउने गाडी समयमा नआउने, मालेपाटन क्षेत्र स्थित सेती नहरमा स्ल्याब नराख्दा फोहोर बढ्दै गएको छाडा चौपाया तथा भुस्याहा कुकुरको व्यवस्थापनको समस्या र खाली जग्गामा जथाभावी फोहोर फाल्ने प्रवृतिले गर्दा फोहोरमैला व्यवस्थापन हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले फिर्के खोलामा फोहोर बढेको, जिरोदेखि विन्भ्यवासिनी सम्म ६ लेनको सडक बनाउने कार्य अवरुद्ध बनेको, सडकमै जथाभावी फोहोर थुपार्ने समस्या बढेको, सडक बत्तीको अभाव भएको गुनासो समेत गरेका थिए । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रीले फोहोरमैला कर सबै नगरवासीले तिरेपनि नगरपालिकाले मुख्य बजार क्षेत्रमा मात्रै कर्मचारी लगाएर फोहोर उठाउने गरेको आरोप लगाउँदै पोखराको सबै क्षेत्रमा फोहोर संकलन गर्नु पर्नेमा जोड दिए ।
सर्वसाधारणको गुनासो पछि फोहोरमैला व्यवस्थापनका लागि नियमित गाडी पठाउने, बाटो मर्मत सम्भारमा ध्यान पु¥याउने, सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कडा कार्बाही गर्ने, सार्वजनिक स्थलमा असुविधा पुग्ने गरि घर निर्माणका सामाग्री राख्नेलाई समेत कार्बाही गरिने नगरपालिकाका विभिन्न विभागका प्रमुखहरुले  प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिँदै पोखरा उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत शारदा मोहन काफ्लेले  मालेपाटन क्षेत्रमा घर निर्माण गर्नेक्रम बढेकाले पोखरा क्षेत्रमा फोहोरमैलाको उचित व्यवस्थापन गर्न समस्या बन्दै गएको बताए । सेती नहरमा फोहोर व्यवस्थापन गर्न स्ल्याब राख्नका लागि २५ लाख बजेट विनियोजन गरिएको जानकारी दिँदै काफ्लेले तत्काल निर्माण कार्य अगाडि बढाउने बताए । प्रशासन विभाग प्रमुख तथा आन्तरिक लेखा परीक्षण अधिकृत  अनन्त प्रसाद कोइरालाले सार्वजनिक रुपमा फोहोर गर्ने जो कोहिलाई पनि कडा भन्दा कडा कार्वाही गरिने प्रतिबद्धता जनाउँदै  आगामि दिनमा नागरिकले फोहरमैला व्यवस्थापनमा भोगेका समस्यालाई समयमा खबर गरिदिन आग्रह समेत गरे ।
पोखरा उपमहागरपालिकाका शाखा अधिकृत एवम् सरसफाई प्रमुख चुडामणि तिवारीले फोहोर संकलनका लागि हप्तै पिछे सरसफाई अभियान सञ्चालन गर्ने सके फोहोर व्यवस्थापन सहज हुने बताउँदै जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई रोक्न टोलटोलमा निगरानी समूह गठन गरिने कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए । पोखरा उद्योग वाणिज्य संघकी कार्यकारिणी सदस्य हिरा भट्टराईले कुरा मात्रै गर्ने प्रवृतिलाई त्यागी बोलेका कुरालाई व्यवहारमा लागू गर्ने पर्नेमा जोड दिइन । उनले फोहोर भनेर फालिने कतिपय फोहारहरुको प्रयोग गरि विभिन्न हस्तकलाका सामाग्री बनाउन सकिनै भएकाले फोहोरलाई मोहरमा बदल्न सुझाव दिइन ।
संचारकर्मी विमला भण्डारीले फोहोरमैला व्यस्थापन सम्बन्धी सर्वसाधारणलाई सचेत गराउनुपर्नेमा जोड दिंदै पोखरालाई सफा र स्वच्छ बनाउनका लागि सरसफाईको काम आफ्नै आफ्नै घरबाट सुरुवात गर्नु पर्ने बताइन । नागरिक निगरानी समूहका अध्यक्ष प्रकाश पौडेल, नगरस्तरीय संयन्त्रका सदस्य एमालेका तेजनारायण अधिकारी, कांग्रेसका विष्णुहरि बरालले नागरिकको गुनासो सम्बोधन तथा सुझाव कार्यन्वयनका लागि आफूहरुको क्षेत्रबाट विशेष भूमिका निर्वाह गर्ने बताका थिए । वडा सचिव अशोककुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा, कर अधिकृत शिवहरि शर्मा, जुुनियर इन्जिनियर नेत्रप्रसाद तिमिल्सिना लगायतले सेवाग्राहीका विभिन्न जिज्ञासा एवं प्रश्नको जवाफ दिएका थिए भने पोखराको रेडियो जननीले कार्यक्रमको सहजीकरण गरेको थियो ।

Post a Comment

 
Top