0
नेवाः खलः कचाः पृथ्वीचोकको १२औँ साधारणसभा तथा सातौँ अधिवेशनले गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिका उपाध्यक्षमा मिनलाल श्रेष्ठ, सचिवमा केदार श्रेष्ठ, कोषाध्यक्षमा राम श्रेष्ठ र सहसचिवमा राजिव श्रेष्ठ तथा सदस्यहरुमा राजिव मुल्मी, उत्सव मुल्मी, रेशमबाबु श्रेष्ठ, प्रमिला जोशी, विकेन्द्र बजिमय, निर्मला पालिखे, मैयाँदेवी श्रेष्ठ र सुजित श्रेष्ठ चयन भएका छन् । यसअघि कमलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखले कास्कीमा मात्र ३२ वटा कचाः रहेको जानकारी दिँदै नेवारी संस्कृति जोगाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । नवचिर्वाचित अध्यक्ष गजेन्द्रमान श्रेष्ठले पृथ्वीचोक क्षेत्रका नेवाः युवा, महिलालगायतका कचाःहरुसँग पनि मिलेर प्रभावकारी कार्यव्रmमहरु आयोजना गर्ने प्रतिबद्धता जनाए । अग्रजहरुले नेवारी संस्कृतिको विकासका लागि देखाएका बाटो पछ्याउँदै केही नयाँ कार्यव्रmमहरु पनि ल्याउने आफ्नो योजना रहेको अध्यक्ष श्रेष्ठले जनाए । कार्यक्रममा सहारा क्लबका महासचिव केशव थापा, शिवालय टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top