
कैलाश विकास बैंकको हालै बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्न आगामी वार्षिक साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष ०७१ आषाढ मशान्तको लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा संचित मुनाफा मध्येबाट नेपाल राष्ट्रबैंकबाट स्वीकृती प्राप्त भै आए पछि चुक्ता पुंँजीको १५ प्रतिशत बोनश शेयर तथा १० प्रतिशतका दरले नगद वितरण गर्ने भएको छ । संस्थाको चुक्ता पूँजी रु.७७ कारोड ८३ लाख ७७ हजार रहेकोमा बोनश शेयर जारी पश्चात चुक्ता पूँंजी ८९ करोड, ५१ लाख ३४ हजार पुग्ने छ ।
Post a Comment