0
ने.क.पा.(एमाले) कास्कीद्वारा यहि मँसिर १४ र १५ गते व्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । २०५१ मंसिर १४ गते नेपालमा पहिलो कम्यूनिष्ट सरकार स्थापना भएको दिनको सन्दर्भ पारेर ने.क.पा.(एमाले) कास्कीले पार्टीसँग आबद्ध सदस्यहरु बीच प्रतियोगिता गराउन गईरहेको हो ।
पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सञ्चालन हुने प्रतियोगितामा सहभागी खेलाडीहरुको भेट्रान्स र ननभेट्रान्स तर्फ प्रतिस्पर्धा हुनेछ । दुबै खेलको प्रतिस्पर्धामा प्रथम, द्वितीय, तृतीय र वेस्ट प्लेयरलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार रुपैयाँका दरले दुई खेल तर्फ रु ४८ हजार रुपैयाँ नगद पुरस्कार एवं प्रमाण–पत्र र ट्रफी मेडलबाट पुरस्कृत गरिने छ । प्रतिस्पर्धामा सहभागी हुने प्रत्येक खेलाडीहरुको नाम मंसिर ९ गते भित्र दर्ता गराउनु पर्ने बताइन्छ  । प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्न ने.क.पा.(एमाले) कास्कीले जिल्ला सचिवालय सदस्य शंकर नाथ पौडेलको संयोजकत्वमा १८ सदस्यीय व्यवस्थापन समिति  र विभिन्न उप–समितिहरु समेत गठन गरिएको छ ।

Post a Comment

 
Top