0
पोखरा–६ लेकसाइड स्थित साइनिङ स्टार आ.मा.वि.मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । मंसिर ३, ४ र ५ गते गरी त्रिदिवसीय रुपमा सम्पन्न खेलकुद कार्यक्रममा प्रिप्राइमरी, प्रा.वि., निमावि र मावि गरी २१ वटा विधामा प्रतिस्पर्धा गरेका थिए ।
व्यक्तिको शारीरिक, मानसिक एवम् नैतिक विकासको आधारः खेल मन्ने मूल नाराका साथ संचालित उक्त खेलकुद कार्यक्रमको समापन समारोहको संचालन कृष्ण गिरीले गरेका थिए । अभिभावकलाई समेत विशेष खेलकुद कार्यक्रमको व्यवस्था गरिएको कार्यक्रममा स्वागत शिक्षक अनुप बरालले गरेका थिए । विधागत रुपमा उत्कृष्ट हाउस समेत घोषणा गरिएको उक्त कार्यक्रममा बेगनास हाउस प्रथम, तिलिचो हाउस द्वितीय, फेवा हाउस तृतीय तथा रारा हाउस चतुर्थ हुन सफल भएका थिए । सह–क्रियाकलाप विभाग प्रमुख रोशन जिसीको संयोजकत्वमा भएको कार्यक्रम विद्यालयका प्रअ नारायण प्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र विद्यालयको वार्षिकोत्सव को अवसरमा वितरण गरिने विद्यालयका स.प्र.अ.अर्जुन प्रसाद पाण्डेले जानकारी दिए ।

Post a Comment

 
Top