0
रेवान पोखराले प्रत्येक अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गर्ने सडक महोत्सव आगामी पुष १३  देखि १७ गतेसम्म हुने भएको छ । विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जनकारी अनुसार १६औं सडक महोत्सव सम्पन्न गर्न रेवान पोखराका उपाध्यक्ष चौबहादुर गुरुङ्गको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । समितिको सह–संयोजकमा विष्णु बानियाँ, प्रचार प्रसार उपसमितिमा लक्ष्मण बराल र निरन्जन ढकाल, आर्थिक तथा टिकट व्यवस्थापनमा विश्वराज पौडेल र राजेन्द्र ढकाल, पास तथा कुपनमा वनबहादुर गुरुङ्ग, जन सम्पर्कमा सुर्यबहादुर भुजेल,बलराम पहारी र गोविन्दराज पहारी, अनुगमन तथा व्यवस्थापन समितिमा गणेशबहादुर भट्टराई, श्रीलाल सुवेदी, सुर्यबहादुर भुजेल तथा सुरक्षा समितिमा गोपीबहादुर भट्टराई, नरेशबहादुर भट्टराई, राजेन्द्र ढकाल, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्की रहेका छन् । साँस्कृतिक समितिमा चौ बहादुर गुरुङ्ग, एकराज न्यौपाने, कामना गुरुङ्ग र विष्णु बानियाँ रहेका छन् भने खेलकुद तथा बाटो सजावटमा हरि भुजेल र ज्याक तामाङ्ग रहेका छन् । त्यसैगरि स्टल, स्टेज सजावटमा विष्णु बानियाँ र बलराम पहारी रहेका छन् । दोहोरी उपसमितिमा भिमसेन भुजेल र दलबहादुर केसी, चिल्ड्रेन पार्क तथा बसुन्धरा पार्क स्टल समितिमा निरन्जन ढकाल, योगश भट्टराई र ध्रुव कुँवर सदस्य रहेका छन् । महोत्सव प्याकेज, यातायात पार्किङ तथा स्वयंसेवक, फोहोर मैला व्यवस्थापन, इभेण्ट म्यानेज्मेण्ट, यातायात व्यवस्थापन, व्यानर, गेट सजावट, फुड फेष्ट तथा विभिन्न क्षेत्रहरुका लागि फरक फरक समिति गठन गरि कार्य विभाजन गरिएको छ । यसपटकको महोत्सवमा साँस्कृतिक कार्यक्रम तर्फ विभिन्न संघसंस्थाको झाँकि प्रदर्शन तथा प्रतियोगिता, जातजातिको साँस्कृतिक प्रदर्शन रहने छ भने खेलकुद तर्फ रेष्टुरेष्ट स्टाफहरुबीच प्रतिस्प्रधात्मक कार्यक्रम, साहसिक एवं मनोरन्जनात्मक बृत्तचित्र एवं फोटो प्रदर्शनी रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । बाल उद्यान, ख्याति प्राप्त कलाकारहरुको दोहोरी गित, हाँस्यव्यँग्य, नृत्य, लाइभ ब्याण्ड लगायत रहने छ । लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुँदै आएको महोत्सव यसपटक अझै फराकिलो हुन सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई, संयोजक चौ बहादुर गुरुङ्ग, महासचिव लक्ष्मण बराल, निवर्तमान अध्यक्ष बलराम पहारी, नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष रामकृष्ण ज्ञवाली, नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटा लगायतले बोलेका थिए ।

Post a Comment

 
Top