0
लायन्स क्लव अफ पोखरा अन्नपूर्णले पोखराको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । क्लवले पोखरा–७ स्थित पाल एवाम नाम्गोन आनी विद्यालयलाई दुई लाख ८० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम अष्ट्रेलियाको एक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी क्लेर बोल्टनले क्लवलाई उपलब्ध गराएका हुन् । बोल्टनका पिता मिष्टर ग्रेम र आमा विकीको उपस्थितिमा विद्यालयलाई सो रकम हस्तान्तरण गरिएको थियो । पोखरामा बुधबार आयोजित कार्यक्रमवीच क्लवका अध्यक्ष यदुनाथ अधिकारी, पूर्वअध्यक्ष सोनाम साङ्पो, बोल्टनका पिता ग्रेम र आमा विकीले संयुक्त रुपमा विद्यालयका मेनेजर आंग्या गुरुङलाई सो रकम हस्तान्तरण गरेका थिए । एकवर्ष अघि पोखरा आउँदा सो विद्यालयमा पुगेका बोल्टनले विद्यालयको दयनीय अवस्था देखेपछि विद्यालयलाई आर्थिक सहयोग गर्ने इच्छा देखाएका थिए । उनले आफ्नै कमाईबाट विद्यालयलाई आर्थिक सहयोग उपलव्ध गराएका हुन् । कार्यक्रममा बोल्दै क्लेरकी आमा विकीले छोरीले मेहनत गरी पठाएको पैसा सहि सदुपयोग हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा क्लवका पुर्वअध्यक्ष सोनाम साङ्पो, योगराज पौडेल, सचिव अर्जुन पोख्रेल लगायतले बोलेका थिए । कार्यक्रम लायन्स क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष यदुनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top