0
रुपाकोट गाविस–१ तल्लो तालबेसीमा अवस्थित रुपाज्योति माविमा बुधबार अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भयो । इन्सेकद्वारा सञ्चालित बालचेतना समूहका लागि सिर्जनात्मक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको हो । प्रतियोगितामा अन्नपूर्ण सदन प्रथम, सगरमाथा सदन द्वितीय, धवलागिरि सदन तृतीय र माछापुच्छे सदन सान्त्वना भएका थिए । प्रतियोगीताका विजेतालाई इन्सेक हंसपुर गाविसकी सहजकर्ता सिर्जना लामिछाने सुवेदीले स्टेशनरी सामाग्री प्रदान गरेकी थिईन् । कार्यक्रमको सञ्चालन संरक्षक शिक्षिका संगीता आचार्यले गरेकी थिईन् । कक्षा १ देखि कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा कुल २ सय १० जना विद्यार्थी अध्ययनरत छन् ।

Post a Comment

 
Top