0
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया टुंगोमा पु¥याएकोमा पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री तथा वर्तमान मन्त्रीपरिषदलाई धन्यवाद ज्ञापन गरेको छ । संघका  अध्यक्ष विन्दुकुमार थापाको नेतृत्वको प्रतिनिधि मण्डलले मंगलबार प्रधानमन्त्रीलाई भेटी धन्यवाद ज्ञापन गरेको हो । तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा संघका अध्यक्ष तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजक थापाले धन्यवादसहित आउँदो मंसिर ४ गते बिहीबार विमानस्थल निर्माणको शिलान्यास गर्न आग्रह गरेका छन् । सम्पूर्ण निजी क्षेत्र तथा पश्मिाञ्चलवासीको आग्रह सहितको पत्र संघका अध्यक्ष थापा तथा रेष्टुरेण्ट एण्ड वार एशोसिएशन (रेवान) पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले प्रधानमन्त्रीलाई  हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रधानमन्त्रीकोइरालाले ‘मैले विमानस्थल बन्छ भनेको थिएँ, देख्नुभयो नि बन्नेभयो’ भन्ने जवाफ दिए । उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णयसँगै अब विकास  र निर्माणका कामल गति लिएको बताए । उनले मंसिर ४ गते नै विमानस्थलको शिलान्यास गर्न आफू तयार रहेको जानकारी पनि गराए । यसैगरी सो भेटमा संघका  अध्यक्ष थापाले विमानस्थल निर्माण प्रक्रियामा सघाउन आफूहरु तयार रहेको जानकारी गराउँदै विमानस्थल निर्माणप्रति प्रधानमन्त्रीले देखाएको चासो र निर्माण प्रक्रियाको निर्णयप्रति आभार व्यक्त गरेका थिए । सो अवसरमा अध्यक्ष थापाले आउँदो मंसिर ४ गतेदेखि सुरु  हुने राष्ट्रिय औद्योगिक ब्यापार मेला–२०७१ को समुद्घाटन समारोहको प्रमुख आतिथ्यता ग्रहण गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरे ।
यसैगरी पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन सरकारले गरेको निर्णयको पोखरा उद्योग वाणिज्य संघले स्वागत गरेको छ । संघका अध्यक्ष विन्दुकुमार थापाले सरकारले पोखरामा विमानस्थल बनाउने निर्णय गर्नु स्वागत योग्य कमद भएको बताए । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि सम्पूर्ण निजी क्षेत्र तथा आम पोखरेली जनतामा खुुसीयाली छाएको छ, अध्यक्ष थापाद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘अब तत्काल विमानस्थल निर्माणको काम अगाडि बढ्नुपर्छ ।’ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्का भएको बताउँदै अध्यक्ष थापाले समयमा नै निर्माण सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । विमानस्थल बनाउने निर्णय पोखराको गौरवसँग जोडिएको उनको भनाइ छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि संघको नेतृत्वमा विगतदेखि नै सरकार लगायत सरोकारवाला निकायलाई दबाब दिइएको थियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजकसमेत रहेका थापाको नेतृत्वमा हालै एक टोली विमानस्थल बनाउन दबाब दिन राजधानी पुगेको थियो ।
कास्कीका राजनीतिक दलका प्रमुख, सभासद तथा व्यवसायी, पत्रकार सम्मिलित टोलीले पोखरामा विमानस्थल निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेको थियो । टोलीले अर्थमन्त्री डा. रामशरण महत, पर्यटनमन्त्री दीपकचन्द्र अमात्य, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा–माओवादीका महासचिव रामबहादुर थापा, सचिव देव गुरुङलगायतसँग पनि विमानस्थल निर्माणमा सहयोग गर्न आग्रह गर्दै भेट गरेको थियो । ‘उक्त भेटले पनि पोखरामा विमानस्थल बनाउने अभियानमा सकारात्मक योगदान गरेको छ,’ थापाले भने ।   विमानस्थल निर्माणपछि पोखराको विकासले फड्को मार्ने थापाले बताएका छन् । ‘लामो समयसम्म पोखरेली जनताले विमानस्थलका लागि गरेको धैर्यता पुरा हुनु सुखद् पक्ष हो,’ उनले भने, ‘पोखरालगायत पश्चिमाञ्चलको विकासको ढोका खोल्ने काम भएको छ ।’ पर्यटन तथा सेवामूलक उद्योगले अब यस क्षेत्रमा गति लिने उनको भनाइ छ । सोमबार बसेको मन्त्रीपरिषद्का बैठकले पोखरामा विमानस्थल बनाउने निर्णय गरेको हो ।
भट्टराई एन्फाको केन्द्रीय सदस्य
पोखराका गणेश भट्टराई अखिल नेपाल फुटवल संघ (एन्फा) का केन्द्रिय उपमहासचिवमा मनोनयन भएका छन् । एन्फा अध्यक्ष गणेश थापा र कोषाध्यक्ष विराटजंग शाहले आफ्नो पद स्थगन गरेपछि बसेको एन्फा केन्द्रिय बैठकले भट्टराईलाई सो पदमा मनोनयन गरेको हो । एन्फाको विधान अनुरुप उप महासचिवमा चार जना रहने भएपनि सो पदमा तीन जनालाई मात्र मनोनयन गरिएको थियो ।
भट्टराईले यसअघि लगातार तीन पटक सम्म एन्फाको केन्द्रिय सदस्यका रुपमा काम गरिसकेका छन् । बक्सिङका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका भट्टराईले आदर्श नेपाल सँग कुरा गर्दै एन्फाले आफुलाई दिएको जिम्मेवारी आफ्नो अनुभवले भ्याएसम्म पुरा गर्ने बताए । कास्कीबाट एन्फामा हाल सम्म केन्द्रिय सदस्य भन्दा माथिको पद कसैले पनि पाएका छैनन् । अग्रज पर्यटन व्यवसायी भट्टराईले नेपालको फुटवलमा हार्डवयर तथा सफ्टवयर विकासको शिर्षका फिफाबाट हालै चौविस हजार डलर सहयोग प्राप्त भएको जानकारी दिए । ‘नेपाली फुटवलको विकास र एन्फालाई कसरि दुुरुस्त राख्न सकिन्छ भन्ने बारेमा मेरो प्रयास रहेन छ–उनले भने ।

Post a Comment

 
Top