0
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. खगेन्द्र भट्टराई लगायतका २४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा मंगलबार दायर गरेको छ । अख्तियारले उपकुलपति भट्टराई सहित पोखरा विश्वविद्यालयका २४ जनाविरुद्ध २ करोड २४ लाख १६ हजार ७ सय ७ रुपैयाँ विगो दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले उपकुलपति भट्टराईसहितका २३ जनालाई सोमबार पक्रेको गरेको थियो । मुद्दा दायर गरिएका एक जना भने फरार छन् । अख्तियारले मुद्दा दायरका लागि उपकुलपति भट्टराईसहितका २३ जनालाई बिहान १० बजे नै विशेष अदालतमा उपस्थित गराएकोमा अभियोगपत्र एक सय पेजभन्दा लामो भएका कारण कार्यालय समय सकिने बेलामा मात्र मुद्दा दायर भएको थियो ।
अख्तियारले अभियुक्तहरुलाई ६ महिनादेखि १३ वर्षसम्मको कैद सजायको माग गरेको छ । विश्वविद्यालयका विभिन्न काम गर्दा पदीय दुरुपयोग गरेर विश्वविद्यालयको रकम हिनामिना गरेको भन्दै अख्तियारले पोखरा विश्वविद्यालयका उपकुलपति भट्टराई, पूर्वउपकुलपति, रजिष्ट्रार, पूर्वरजिष्ट्रार लगायतमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेसँगै पोखरा विश्वविद्यालयका पदाधिकारी र कर्मचारी निलम्बनमा परेका छन् ।

Post a Comment

 
Top