0
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको ओम फाईनान्स लिमिटेडले प्रस्ताव गरेको २०.५३ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेका छ । फाईनान्सको सञ्चालक समितिले प्रस्ताव गरेको १९.५ प्रतिशत बोनश शेयर र १.०३ प्रतिशत नगद लाभांश गरि जम्मा २०.५३ प्रतिशत लाभांश बितरण गर्न नेपाल राष्ट्र बैंकले स्विकृती दिएको हो । उक्त स्वीकृत गरिएको लाभांश कम्पनीको आउँदो साधारणसभाले पारित गरेपछि बितरण हुनेछ । बोनश शेयर पछि कम्पनीको चुक्ता पुंँजी ३८ करोड ९२ लाख २३ हजार हुनेछ ।ओम फाईनान्स र कामना विकास बैंक एक आपसमा मर्ज हुनको लागि मर्जर प्रक्रियामा रहेको छ । सो को लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति समेत दिईसकेको छ ।

Post a Comment

 
Top