0
कास्की जिल्लाको हंसपुर गाविसलाई कार्यक्षेत्र बनाएर गठित आरुखर्क कृषि सहकारी संस्था लिमिटेडले सामुहिक बाख्रापालन व्यवसाय शुरु गरेकोछ । सहकारीले स्थानीय आरुखर्कमा खरिद गरेको ४५ रोपनी जग्गामा निर्माण गरिेको खोरमा ३० वटा माहु बाख्रा र एउटा उन्नत जातको बोको खरिद गरेर सो व्यवसाय शुरु गरेको हो । स्थानीय पुँजी, घाँस र जनशक्तिको आधारमा सो बाख्रापालन व्यवसायिमा हालसम्म २५ लाख भन्दा वढी खर्च भई सकेको संस्थाका सदस्य कालीदास सुवेदीले जानकारी दिए  । सामुहिकरुपमा संचालन गरिएको सो व्यवसायमा सहकारीका सदस्यहरुले १० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् भने एक सय भन्दा वढी माहु बाख्रा पु¥याउने लक्ष्य रहेकोछ । संस्थामा ६० जना शेयर सदस्य आवद्ध रहेका छन् । दानामा भन्दा घाँसमा आधारीत बाख्रापालन गर्ने उदेश्यले संस्थाले राईखनियो, वडहर, टाँकी लगायत विभिन्न जातका १७ हजार विरुवा रोपेको सुवेदी बताउँछन् ।
बाख्राको रेखदेखको लागि एक जना कर्मचारी व्यवस्था गरिएकोछ । जिल्ला कृषि विकास कार्यालय कास्कीको अनुदानमा तीन सय मिटर पाईप प्राप्त भएपछि खानेपानीको सुविधा पुगेकोछ । त्यसअघि सहकारीको सकृयतामा रामकोटदेखि वाख्राफारमसम्मको दुई किलोमिटर मोटर बाटो निर्माण गरिएको थियो । सो सहकारीले बाख्रा सहीत माछा पाल्ने उदेश्यले १० हजार भुरा पाल्न सकिने पोखरी निर्माण गरेकोछ । निकट भविष्यमा वंगुर र लोकल कुखुरा समेत पाल्ने उद्देश्य रहेकोछ ।

Post a Comment

 
Top