0
विश्व बसोबास दिवसको अवसर पारेर समावेशी टोल विकास संसथा र सुन्दरटोल विकास संस्थाको संयुक्त सहयोगमा लुमन्ति संस्थाले आयोजना गरेको चित्रकला प्रतियोगितामा समावेशी टोलका प्रमेश न्यौपाने प्रथम भएका छन् । प्रतियोगितामा कक्षा ३ देखि ५, ६ देखि ७ र ८ देखि १० गरी तीन क्याटागोरीमा प्रतिस्पर्धा गराइएको थियो । जसअनुसार  कक्षा ३–५ सम्मको प्रतिस्पर्धामा समावेशी टोलका प्रमेश न्यौपाने प्रथम, सुन्दरटोलका रोजिना नेपाली द्वितीय, सुन्दरटोलकै रणदीप श्रेष्ठ तृतीय तथा सुन्दरटोलका एलिना परियार र समावेशीटोलका आशिष कँडेल सान्त्वना भएका थिए । यस्तै कक्षा ६ देखि ७ सम्मको प्रतिस्पर्धामा सुन्दरटोलका एलिसा परियार प्रथम, सुन्दरटोलकै मीना तुलाधर द्वितीय, समावेशी टोलका शैलेस पौडेल तृतीय तथा समावेशीटोलका अनिषा श्रेष्ठ र सुन्दरटोलका प्रनेश थापा सान्त्वना भएका थिए।८ देखि १० कक्षासम्मको प्रतिस्पर्धामा समावेशी टोलका अस्मिता पाण्डे प्रथम, सन्दीपा श्रेष्ठ द्वितीय, सागर थापा तृतीय तथा गंगा खवास र दीपेश गुरुङ सान्त्वना भएका थिए। अग्रज कलाकार यादवचन्द्र भुर्तेल निर्णायक गरेको सो प्रतियोगितामा समावेशी टोल विकास संस्था र सुन्दर टोल विकास संस्थाका गरी ३५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top