दीपावलीको अवसरमा देउसी भैलो खेलेर संकलित रकमलाई बनभोज र भ्रमणमा खर्च गरिने परिपाटीको ठीक विपरीत लेखनाथ नगरपालिका बडा नं ९ को इन्द्रेणी युवा क्लबले संकलित रकमलाई सडक बत्ति र मन्दिर पुनः निर्माणमा खर्च गरेको छ । क्लबको सक्रियतामा खेलिएको देउसी भैलीबाट संकलित रकमबाट लेखनाथ ९को बन पोखरीदेखि सुन्दर वस्थीसम्म सडक वत्ति र भानु चौतारीमा रहेको शिवालय मन्दिर पुनः निर्माणमा खर्च गरिएको क्लबका सल्लाहकार वीरभद्र कंडेलले जानकारी दिए ।क्लबले देउसी भैली खेलेर संकलीत रकममा स्थानीय समाजसेबी कुमार बाँस्तोलाबाट रु ८४ हजार आर्थिक सहयोग थप गरि २८ वटा सडक बत्ति र मन्दिर परिसरमा पानस सहितको रेलिङ निर्माण गरिएको क्लबका अध्यक्ष नरेश गुरुङले बताए ।
Post a Comment