0

सेतो छडी दृष्टिविहीनहरुको सुरक्षाको कडी भन्ने नाराका साथ दृष्टिविहीनहरुको गमनशिलताको अत्यावश्यक सहायक साधन सेतो छडीको ५१ औं अन्तर्राष्ट्रिय दिवस जिल्ला विकास समिति कास्कीको सभाकक्षमा सेतो छडी वितरण तथा सेतो छडीको उपयोगीता विषयक अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले आँखामा ब्लाइन्ड फोल्ड लगाई सेतो छडीको सहायताले हिंडेर उद्घाटन गर्दै  दृष्टिविहीनहरुलाई सेतो छडी उपलव्ध गराउने एस हेल्पिङ हेन्डस्का अध्यक्ष दिनेश थापा, विशाल को–अपरेटिभका प्रबन्धक सुदीप ढकाल र सिम्रिका ट्रेडस्का शेसन शाक्यलाई दोसल्ला र कदर पत्रले सम्मान गरेका थिए । दृष्टिविहीनहरुलाई सेतो छडी समेत वितरण गरिेएको कार्यक्रममा  क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले दृष्टिविहीनहरुको समस्यालाई हेर्नु र बुझ्नु भनेको उनीहरुलाइ सम्मानपूर्ण, अबरोध मुक्त वातावरमा स्वभिमानि र आत्मनिर्भर भएर बाँच्न सक्ने अवस्थाको सृजना गर्नु हो भने ।  सेतो छडी दिवस दृष्टिविहीनहरुको महत्वपूर्ण दिवस भएकाले चित्तबुझ्दो प्रमाण सहित कास्की नेत्रहीन संघको सक्रियता र पश्चिमाञ्चल क्षेत्रिय प्रशासन कार्यालयको नेतृत्वमा सबै दृष्टिविहीन व्यक्तिहरुलाई अन्तराष्ट्रिय सेतो छडी दिवसका दिन सार्वजनिक विदाको व्यवस्था गर्न सरकार समक्ष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले दृष्टिविहीन व्यक्तिहरुका गमनशिलता सम्बन्धि कठिनाई हटाउन जिल्ला प्रशासन कार्यालय लागी पर्ने प्रतिबद्धता व्यक्त गरे । कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले दृष्टिविहीन व्यक्तिहरुको वृति विकासका लागि जिल्ला विकास समिति कास्कीले बजेट विनियोजन गरेको र सेतो छडीका लागि बजेट विनियोजन गर्ने समेत बताए ।
महिला तथा वालवालिका कार्यालय कास्कीका कार्यालय प्रमुख लक्ष्मी जि.सी.कार्काीले अपाङ्गता परीचय प्राप्ति बाट कुनै पनि वास्तविक अपाङ्गता भएका व्यक्तिहरुलाइ आफ्नो कार्यालयले कुण्ठीत नगर्न तर दुरुपयोगलाई भने नियन्त्रण गर्ने बताइन । कार्यक्रममा सेतो छडीको उपयोगीता तथा सेतो छडी प्रयोगकर्ताले भोग्नु परेका समस्याका बारेमा नेपाल नेत्रहीन संघका केद्रिय सदस्य खोमराज शर्माले आफ्नो प्रस्तुति राखेका थिए । कास्की नेत्रहीन संघका अध्यक्ष शिशिर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष विजय प्रसाद लामीछाने, राष्ट्रिय अपाङ्ग महासंघ कास्कीका अध्यक्ष गंगा बहादुर खड्का, नेपाल अन्धा कल्याण संघ कास्कीका कार्यालय प्रमुख विजय कुमार कार्की, लेखनाथ उद्योग बाणीज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, ट्याक्सी व्यावसायी समितिका वरीष्ठ उपाध्यक्ष प्रकाशमणि तिवारी, पोखरा वस व्यवसाय समितिका प्रतिनिधि पवित्रमणि अधिकारी लगायतले सेतो छडीको उपयोगिता, दृष्टिविहीनहरु प्रति गरिने व्यवहार र सडकमा दृष्टिविहीनहरुले बेहोर्नुपर्ने समस्याका बारेमा आ –आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संञ्चालन कास्की नेत्रहीनका सचिव श्रीकान्त सापकोटाले गरेका थिए । कास्की नेत्रहिन संघले आ.व. २०७०÷०७१ र २०७१÷७२ को हाल सम्मको समयमा ४४६ थान सेतो छडी सहयोग स्वरुप प्राप्त भएको र ७४६ थान सेतो छडी वितरण गरेको जनाएको छ । एस हेल्पीङ हेन्ड्सको सहयोग र कास्की नेत्रहीन संघको समन्वयमा देशभरका १० ओटा जिल्लामा १००० थान सेतो छडी वितरण गरिएको संस्थाले जनाएको छ ।

Post a Comment

 
Top