0

सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । सडक खण्डअन्तर्गत पर्वतको नाङलीवाङ(९ फर्सेमा सडक माथिबाट आएको पहिरोले पुरिँदा सोमबार रातिदेखि नै सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले  जानकारी दिएको छ । सडकभन्दा २५ मिटर माथिबाट १५ मिटर चौडाइ फराकिलो पहिरो झरेपछि सवारी साधन आवतजावत पूर्णरूपमा बन्द भएको हो ।  पहिरो झर्ने क्रम नरोकिएकाले बाटो सञ्चालन गर्न नसकिएको प्रहरी नायक उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । वर्षा रोकिनेबित्तिकै सडक सञ्चालन गर्न डोजर र सुरक्षाकर्मी तयारीका साथ राखिए पनि वर्षा नरोकिँदा काम गर्न नसकिएको उनले बताए ।  सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोक तथा अन्यत्रबाट म्याग्दीतर्फ हिँडेका सवारीसाधन खनियाँघाटमा अलपत्र परेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top