0
‘नयाँ बजाज ‘डिस्कभर १२५ एम’ मा पनि हाम्रो मित्रतामा जस्तै  जोश र होसको प्रफेक्ट कम्विनेशन छ । यो भनाई बजाज मोटरसाइकल पारखी सन्तोष पौडेल र केवल रिसालको हो । उनीहरुले यो भन्नुको अर्थ ‘नयाँ बजाज ‘डिस्कभर १२५ एम’ मा पावर छ, आकर्षक स्टाइल छ, सुपर प्रविधिबाट बनेको छ, अन्य कम्पनीका मोटरसाइकलको तुलनामा अत्यधिक माइलेज र यस बाइकमा यात्रा गर्दा समेत सुरक्षित भइने छ । यसका साथै मोटरसाइकल पारखीहरुले अत्यधिक मन पराउने गरेको मोटरसाइकल पनि बजाज नै हो ।
आफ्ना ग्राहकहरुमो चाहना र आकांक्षालाई मध्यनजर गर्दै हंशराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिको आधिकारिक विक्रेता पोखरा उपमहानगरपालिका वडा नं. ९ नयाँबजारमा रहको ईच्छाशक्ति अटोमोवाइल्स प्रालिले विभिन्न अफर संचालन र छुटमा मोटरसाइकल विक्री गर्ने गरेको छ ।
ईच्छाशक्तिले पछिल्लो पटक ‘नयाँ बजाज ‘डिस्कभर १२५ एम’ खरिदमा समेत विभिन्न अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल खरिदमा एक ट्याङ्की पेट्रोल, थाइल्याण्डमा बनेको सक्कली एसटीएम हेल्मेट, बजाज लेगार्ड सित्तैमा उपलव्ध गराउने भएको छ । यसका साथै मोटरसाइकल खरिद कर्ता हरेक स्कीम उपहार कुपनमा सहभागी हुन पाउने, एक वर्षको सवारी कर कम्पनीले उपलव्ध गराउने र दुई वर्ष मोटरसाइकल इन्जिन वारेन्टी रहेको समेत इच्छाशक्ति अटोमोवाइलले जनाएको छ । यस मोटरसाइकलको आवश्यक पाट्र्स समेत सर्वसुलभ मूल्यमा सहज उपलव्ध हुने कम्पनीका सिनियर म्यानेजर सन्तोष अर्यालले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । बजाज मोटरसाइकलमा रिसेलभ्यालु समेत अत्यन्तै राम्रो रहेको अर्यालले जानकारी दिए ।

Post a Comment

 
Top