0
नेष्डो नेपालले पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा विहीवार सामूहिक दर्शन एवम् सरसफाई गरेको छ । कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले बढदो विश्वव्यापी करण एवम् भौतिक विकास सँगै युवाहरुमा क्रमश आध्यामिक सोचको अभाव हँुदै गएकाको बताए । उनले युवाहरुमा चारित्रिक संकट परेको बताउँदै राष्ट्रको उन्नति युवा वर्गमा निर्भर हुने हुदाँ युवाहरुको चारित्रिक सुधारको लागि जोड दिनुपर्ने बताए । समाजमा रहेर सामाजिक सेवा गर्ने सामाजिक अगुवामा अनुकरणिय चारित्रिक एवम् सामाजिक भावना अभिवृद्धिका लागि नयाँ कर्मचारीहरुका लागि यस कार्यक्रम आयोजना गरिएको  उनले स्पष्ट पारे । बुधबार शान्ति र संविधानका लागि सद्भावना दौड आयोजना गरेको संस्थाले आज सरसफाई कार्यक्रम आयोजना गरेको र शुक्रबार युवा कर्मचारीका लागि तनाब ब्यवस्थापन तालिमको आयोजना गरिने तालिम विभाग प्रमुख लक्ष्मीकुमारी मेघाषीले बताइन ।

Post a Comment

 
Top