0
ट्याक्सी व्यवसायी समितिले व्यवसायी तथा मजदुरहरुलाई प्रशासनिक तथा अन्य क्षेत्रबाट दुःख दिने गतिविधिहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी समितिले  आफ्नो कायेत्रभन्दा बाहिर गएर व्यवसायीले काम नगरेको जनाएको छ । पछिल्लो समयमा निजी तथा पर्यटन गाडीले मनपरी भाडा निर्धारण गरी कानुन विपरीत काम गर्ने गरेको र त्यसको आरोप ट्याक्सी व्यवसायीलाई लाग्ने गरेकोमा समेत समितिले ध्यानाकर्षण गरेको छ । बिना आधार आरोप लगाउनुभन्दा ट्याक्सी व्यवसायीको दोष छ या छैन भन्ने कुराको यथार्थमा गएर अनुसन्धान गर्नुपर्ने कुरामा समेत समितिले विज्ञप्तिमा उल्लेख गरेको छ । साथै अनुसन्धान नगरिकन काम गरेर रोजिरोटी खाने व्यवसायीलाई गरिएको कारवाही रोक्न समेत समितिले विज्ञप्तिमा माग गरेको छ । समितिले ट्याक्सी व्यवसाय समितिका अध्यक्ष गान्धीराज गिरी लगायतले गरेको आर्थिक अनियमिततालाई छानबिन गरी दोषीलाई कारवाही गर्न, निष्पक्ष र स्वतन्त्र छानविन गर्नका लागि भ्रष्टाचारका आरापित व्यक्तिहरुलाई निलम्बन गरी छानविन प्रक्रिया सुर गर्नुपर्ने, व्यवसायी मजदुर तथा उपभोक्तालाई दैनिक कार्य सञ्चालनमा कुनै अवरोध नपुग्ने गरी कारवाहीको काम अगाडि बढाउनुपर्ने लगायतको माग राखेको छ ।  े

Post a Comment

 
Top